विराटनगर । नेकपा एमाले सङ्खुवासभाको नवौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा शान्ति कुमार दाहाल विजयी भएका छन् ।अध्यक्षमा सर्वसम्मत खड्ग राई निर्वाचित भएपछि अन्य पदमा निर्वाचन भएको थियो । मङ्गलवार  अबेर राती भएको  सम्पन्न भएको मत गणनाबाट सचिवमा गोपाल श्रेष्ठ ,उप सचिवमा लेखनाथ बुढाथोकी र सुनिता कटुवाल विजयी भएका छन् । निर्वाचन अधिकृत भविस्वर गुरुङले सर्व सम्मत र निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको बताए ।गुरुङका अनुसार उपाध्यक्षमा शान्ति दाहाल, सुमन श्रेष्ठ र यादव अधिकारीले मनोनयन दर्ता गराएका थिए । यस्तै सचिवमा नारायण कट्टुवाल, भरत खड्का र गोपाल श्रेष्ठको उम्मेदवारी परेको थियो  । दुई जना उप सचिवमा भने ५ जनाको मनोनयन दर्ता भएको थियो ।  उप सचिवमा ललित कट्टुवाल  लेखनाथ बुढाथोकी,सुनिता कट्टुवाल, मनमाया तामाङ र हेमकुमारी चौहानले मनोनयन दर्ता गराएका थिए। अधिवेशनले ९० जनाको कार्यसमिति चयन गरेको छ । अधिवेशनमा ४ सय ५७ जना प्रतिनिधि रहेका छन् । 
423944099_832702635360635_9217289622877932893_n