विराटनगर । अस्पतालहरूको न्यूनतम सेवा मापदण्डको बारेमा  दुई दिने छलफल विराटनगरमा समापन भएको छ।  अस्पतालहरूले दिने सेवा प्रवाह  र सरकारको मापदण्डको बारेमा  छलफल गर्नको लागि कार्यक्रमको आयोजना गरिएको हो । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा  प्रदेश अस्पताल, स्थानीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्डको लेखाजोखा र गत आर्थिक वर्षमा भएको त्यहाँको क्रियाकलापको समीक्षा गरिएको हो ।
विगत आर्थिक वर्षमा लेखाजोखा गर्दा पाइएका उपलब्धि र कमीकमजोरीको बारेमा पनि छलफल भएको थियो । आगामी आर्थिक वर्ष २०८१।०८२ मा न्यूनतम सेवा मापदण्डको सुधार गर्ने विषयहरूमा पनि छलफल भएको छ ।  
helth
न्यूनतम सेवा मापदण्डको कार्यक्रम कार्यान्वयन पछि सेवा प्रवाहमा समेत सुधार हुँदै गएको दुई दिने कार्यक्रममा छलफल भएको थियो ।  अस्पतालहरूले दिने सेवा गुणस्तरीय सेवा दिन कोलागि त्यसको क्षमता र तत्परताको अवस्थाको मापन नै न्यूनतम सेवा मापदण्ड भएकोले त्यसको अवस्थाको लेखाजोखा भएको स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले बताए  ।  अहिलेको अवस्थाको बारेमा मूल्याङ्कन गरी भोलीका दिनमा गर्न सकिने सुधारको बारेमा पनि छलफल भएको बताए । 

भोलीका दिनमा मापदण्ड पुरा गर्न स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समस्या समाधानको लागि सम्बन्धित अस्पतालहरूले माग गरेका छन् ।  यस्तै आयुर्वेद सेवाहरूको न्यूनतम सेवा मापदण्डको बारेमा पहिलो छलफल हुने भएको छ।  आयुर्वेदको सेवालाई जनमुखी बनाउनको लागि शुक्रवार आयुर्वेदको लेखाजोखाको तयारी भएको समेत निर्देशनालयले जनाएको छ ।