विराटनगर । नेकपा एमाले निकट युवा सङ्घ बुढीगंगा गाउँ कमिटीले सरसफाइ अभियान चलाएको छ।  बुढीगंगा गाउँपालिका  वडा नम्बर ५ इदगाह मदरसामा मङ्गलवार सरसफाइ  गरिएको हो । युवाहरूको सक्रियतामा भएको सरसफाइ अभियानलाई सार्वजनिक स्थल लक्षित गरी कार्यक्रम गरिएको युवा सङ्घ नेपाल बुढीगंगा गाउँ कमिटीका अध्यक्ष दिनेश कार्कीले जानकारी दिए ।  सरसफाइ अभियानको क्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्य सत्यनारायण चौधरीले  सरसफाइ अभियानले युवाहरूलाई एक ठाउँमा  जोड्ने काम गरेको बताए ।   अहिलेको अवस्थामा धार्मिक सहिष्णुताको खाँचो रहेको औँल्याउँदै चौधरीले सबै मिलेर अघि बढ्न सबैलाई आग्रह गरे ।  
sarsafaii
नेकपा एमाले बुढीगंगा गाउँ कमिटीका अध्यक्ष ध्यानचन्द चौधरी र सचिव अर्जुन बोगटीले बुढीगंगामा युवा सङ्घको सक्रियतालाई निरन्तरता दिइनु पर्ने बताए । 

सरसफाइ अभियानमा युवा सङ्घ नेपाल कोशी प्रदेश उपाध्यक्ष जयप्रकाश रायमाझी, प्रदेश सदस्य सागर बराल, जिल्ला कमिटि सहसचिव रेशम थापा मगर, सदस्यहरू मनोज दाहाल, प्रकाश भट्टराई लगायतको सहभागिता रहेको थियो ।