विराटनगर ।विराटनगरको रानी नाकामा दुई समुदायका बिचमा झडप भएको छ ।  राम नवमीको अवसरमा विराटनगरमा निकालिएको रयाली  विराटनगरको रानीमा पुगेपछि दुई समुदायका बिचमा विवाद भएको थियो । विवाद बढेपछि सो क्षेत्रमा तनाव बढेको हो ।  राम नवमीको अवसरमा बजरङ्ग सेना र विश्व हिन्दु परिषद्ले र्‍याली निकालेको थियो । दुई समूहबिच झडप हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा  लिन केही सेल अश्रुग्याँस प्रहार गरेको छ । 
विराटनगर रानी १५ र १७ बिचको सिमानामा दुई समुदायका युवाहरू बिच झडप हुने अवस्था आएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।