विराटनगर । कोशी प्रदेश सभामा बिहीबार पेस भएको सङ्कल्प प्रस्तावको छलफल पछि आज पारित गर्ने तयारी भएको छ। बिहीबारदेखि सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनमा नेकपा एमालेको प्रस्ताव र नेकपा माओवादी केन्द्रको समर्थनमा सङ्कल्प प्रस्ताव पेस भएको हो । सङ्कल्प प्रस्तावमाथि आजै छलफल हुने तथा उठेका विषयमा मुख्यमन्त्रीले जवाफ दिने तयारी गरिएको छ।  

मुख्यमन्त्रीको जवाफ पछि सङ्कल्प प्रस्ताव आजै पारित गरेर विशेष अधिवेशन अन्त्य  गर्ने तयारी प्रदेश सभा सचिवालयको छ ।  नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीको  प्रस्ताव तथा एमाले संसद् किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका सांसद गणेश उप्रेतीको समर्थनमा प्रदेश सभामा  सङ्कल्प प्रस्ताव पेस भएको छ।