विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले  मुख्यमन्त्रीले  संविधान, विधि र प्रक्रिया अनुसार नै विश्वासको मत लिने या मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका छन् ।  मुख्यमन्त्रीको अभिव्यक्ति र जुन दिन प्रदेश प्रमुखमा समावेदन गरियो त्यही दिन २ महिना पछि प्रदेश सभाको बैठक बोलाउनु नै गलत मुख्यमन्त्रीको  गलत नियत स्पष्ट भएको उनले प्रदेश सभामा बताए ।  प्रदेश सभाको  शुक्रबारको विशेष अधिवेशनको  संकल्प प्रस्ताव माथिको छलफलका क्रममा आङ्बोले सङ्कल्प प्रस्ताव दर्ता भएको ३० दिन भित्र विश्वासको मत लिनु पर्ने धारणा राखे  
’संविधानको धारा १६८ (५) बाट बनेको सरकार चिरस्थायी हुन्छ भन्ने कहीँ कतै पनि छैन, उनले भने, संवैधानिक इजलासको फैसलाले गरेको व्यवस्था अनुसार नै सांसदले गरेको समर्थन वा दलले गरेको समर्थन फिर्ता लिन सक्ने व्यवस्था छ ।’
सङ्कल्प प्रस्तावको औचित्य भनेको सरकार सांसदबाट नै चल्ने भएकोले सरकारलाई निर्देशित गर्नको लागि  यो ल्याइएको बताए ।