विराटनगर । कोशी प्रदेश सभाका संसादहरुले मुख्यमन्त्री कार्कीको राजीनामा माग गरेका छन् । अल्पमतमा रहेको मुख्यमन्त्रीले शासन चलाउन नमिल्ने भन्दै उनीहरूले विश्वासको मत लिन या तत्काल राजीनामा दिन माग गरेका हुन् ।  संविधानको धारा १८३ को उपधारा (३) बमोजिमको अधिवेशनको दोस्रो बैठकमा बोल्ने क्रममा प्रदेश सभा सदस्यहरू नारायण बहादुर मगर, गम्बु शेर्पाले बदलिँदो राजनीतिक परिस्थिति अनुसार नै सङ्कल्प प्रस्ताव  आएको बताए । शेर्पाले मुख्यमन्त्रीसँग दुई वटा विकल्प मात्र रहेको सुझाए ।  हिजो संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री बनेर नयाँ इतिहास रचेको अवस्थामा त्यस्तै उचाइ कायम राख्न राजीनामा गरेर पद त्याग्न  आग्रह गरे ।   ‘जिम्मेवारी लिन मात्र हैन आवश्यक पर्दा सहज रूपमा जिम्मेवारी छाड्न पनि मुख्यमन्त्री कार्की तयार हुनुहुन्छ भन्ने  देखाउनुस्, शेर्पाले भने, तपाईँले आफ्नो प्रतिष्ठा उच्च गर्नको लागि राजीनामा दिने बाटो स्पष्ट छ ।’   अझै पनि प्रदेश सभाको विश्वास छ भन्ने लागेको सन्दर्भमा विश्वासको मत लिन समेत उनले आग्रह गरे । 

प्रदेश सभा सदस्य  गीता तिम्सिना तथा सपना दर्जीले हिजोको जस्तो सहज समय नभएकोले तत्काल राजीनामा दिएर नयाँ सरकार बन्ने बाटो खोलिदिन आग्रह गरे ।