विराटनगर । नेपाली काँग्रेसका सांसदहरूले  सङ्कल्प प्रस्तावलाई बेमौसमे बाजा भएको बताएका छन्  । शुक्रवार प्रदेश सभाको संविधानको धारा १८३ को उपधारा (३) बमोजिमको अधिवेशनको दोस्रो बैठकको सङ्कल्प प्रस्तावमाथिको छलफलमा काँग्रेस सांसदहरूले  माओवादी काङ्ग्रेसमाथि आक्रोश व्यक्त गरेका हुन्  ।  नेपाली काँग्रेसका सांसद खगेन्द्रसिंह हाङ्गामले प्रदेशलाई कुन दिशामा अगाडी बढ्दै छ भन्ने सबै स्पष्ट हुनु पर्ने बताए ।  ‘राजनीतिमा कोही स्थायी मित्र र स्थायी शत्रु हुँदैनन्, उनले भने,  क्षणिक आवेगमा आएर सङ्कल्प प्रस्ताव आएको छ।’  उनले बेमौसमी  बाजा जस्तै हठाथमा सङ्कल्प प्रस्ताव ल्याइएको समेत भन्न भ्याए । 
काँग्रेस संसद् विनोद राईले आफू दुई वटा विषयमा असाध्यै आक्रोशित भएको बताए । उनले पहिलो कोशी प्रदेश र दोश्रो कम्युनिष्टहरुसँग असाध्यै रिस उठेको प्रदेश सभामा नै बोलेका छन् ।  उनले आफूलाई कोशी प्रदेश नै मन नपर्ने र रिस उठ्ने प्रदेश भएको बताएका हुन् । मुख्यमन्त्री हटाउन सङ्कल्प प्रस्ताव ल्याउन भन्दा पनि विकास समृद्धि र अँध्यारो पाटोलाई ख्यालमा राखेर सङ्कल्प प्रस्ताव ल्याउन नसकेकोमा उनले एमाले माओवादीको आलोचना गरे ।