इटहरी । इटहरी उप महानगरपालिकामा नयाँ नेतृत्व आएको जेठको ९ गते २ वर्ष पुरा हूँदैँछ निर्वाचनका बेला बाचा कार्यन्वयनको शुरुवात हूँदा परिवर्तनको सङ्केत भने देखिन थालेको छ । निर्वाचित भएको पहिलो वर्ष विकास निर्माण र नीतिगत सुधारका क्षेत्रमा ठोस काम हुन नसकेको इटहरी उपमहानगरपालिकामा दोस्रो वर्ष भने नीतिगत सुधारको सङ्केत देखिन थालेको छ । इटहरीका मेयर मेयर हेम कर्ण पौडेलले आफ्नो दोस्रो वर्षको कार्यकालमा केही नीतिगत र केही पूर्वाधार विकासको योजनाहरू अघि सारेका छन् । जुन योजना पुरा भएर नीति कार्यान्वयनमा गए इटहरीको दीर्घकालीन विकासमा सकारात्मक प्रभाव पार्ने छ । यस आलेखमा हामीले इटहरी उप महानगरले दुई वर्षमा सुरु गरेका नीति गत र पूर्वाधारका विकासका योजनाको समीक्षा गरेका छौ ।
१ सार्वजनिक शौचालय सञ्चालन
सार्वजनिक शौचालय बनाउन नसकेको भन्दै अघिल्लो निर्वाचित सरकारले धेरै आलोचना भोग्यो । तर दोस्रो निर्वाचित सरकार प्रमुखको रूपमा निर्वाचित भएर आएका मेयर हेम कर्ण पौडेलले सार्वजनिक शौचालय निर्माणलाई प्राथमिकता दिए ।
जस अनुसार इटहरीका मुख्य भिडभाड हुने सार्वजनिक स्थानमा शौचालय निर्माण भयो । इटहरीको पूर्व लाइनस्थित जुट विकास चौकमा र मुख्य चौक आकेश कलेक्सन अगाडि सार्वजनिक शौचालय निर्माण भएका छन् । यी दुई शौचालयसँग इटहरीमा बढी भिडभाड हुने स्थानमा ४ वटा शौचालय भएका छन् ।
२ थारुलाई पहिलो जाति घोषणा
मेयरमा निर्वाचित भएपछि इटहरी उप महानगरले ‘थारु’ जातिलाई इटहरीको पहिलो जाति घोषणा गरेको छ ।
निर्वाचित भएपछि १० असार २०७९ मा इटहरीको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै इटहरी उपमहानगरले थारु समुदायलाई उच्च सम्मान व्यक्त गर्दै पहिलो जाति र पहिलो नागरिक घोषणा गरेको हो ।
उपमहानगरले थारु जातिको सम्मानका लागि नयाँ बर्ससँगै सुरु हुने सिरुवा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रत्येक वर्ष बैशाखा ३ गते सिरुवा पर्वको सार्वजनिक बिदा दिने निर्णय भएको छ । सो दिन इटहरी ४ मा कचना थाममा ठुलो मेला लाग्ने गर्दछ । जसलाई टेङ्ग्रा मेला वा बैगुने मेलाको नामले पनि प्रचलित छ ।
इटहरी सरकारले पहिलो जाति थारु को वृत्ति विकास, सामाजिक, सांस्कृतिक उत्थानका लागि बजेट पनि विनियोजन गर्दै आएको छ । पहिलो वर्ष ३० लाख बजेट विनियोजन गरेको इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष त्यसलाई थप गर्दै लगेको छ ।
पहिलो जाति ‘थारु’ लाई सेवा सुविधा र विशेष ग्राहयताका विषयमा छुट्टै कार्यविधि निर्माण गरी लागु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
थारु भाषाको संरक्षणका लागि थारु समुदायको बाक्लो बसोबास भएका क्षेत्रका विद्यालयहरूले थारु भाषामा पठनपाठन गर्ने जनाएको छ । थारु भाषाको पाठ्यक्रम निर्माणको काम भइरहेको उपमहानगरले बताएको छ ।
३ ग्रामथानको सूचीकरण
थारु समुदायले आफ्ना कुल,पितृहरूको सम्झना गर्दै सामूहिक रूपमा पूजा गरिने स्थललाई देउथान वा ग्रामथानको सूचीकरण सुरु भएको छ । उप महानगरले थारुलाई पहिलो जाति घोषणा गरेसँगै उनीहरूको धार्मिक तथा सांस्कृतिक भूमिको खोजी गर्दै संरक्षण गर्ने काम पनि सुरु भएको हो ।
इटहरीमा ग्रामथान कति छन्, कस्तो अवस्थामा छन्, जग्गा जमिन कति छ, त्यसको पौराणिक र ऐतिहासिक महत्त्व के छ रु त्यसका पुजारी र गहदारहरूको अवस्था के छ सबै जानकारी सङ्कलन गर्न र सूचीकरण गर्न सबै वडाहरूमा परिपत्र गरिएको छ ।
ग्रामथान, सांस्कृतिक भूमि, पोखरी तथा अन्य ऐतिहासिक स्थलहरूको संरक्षण गर्ने उपमहानगरले नीति तथा कार्यक्रम मार्फत योजना अघि सारेको छ । ग्रामथानको घेरा बारा, पुनर्निर्माण गर्न बजेट विनियोजन भएका छन् ।
४ विद्यालयमा दिवा खाजा कार्यक्रम
मेयर हेम कर्ण पौडेलले स्थानीय पालिका आफैले कक्षा ६ सम्म विद्यालय खाजा कार्यक्रम सुरु गरेका छन् । सङ्घीय सरकारले दिने अनुदानमा उपमहानगरले रकम थप गरी कक्षा ६ सम्मकै विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सुरु भएको हो । विद्यार्थीहरूले अहिले सात दिन सात तरिका पौष्टिक खानेकुरा खान पाएका छन् । अबको नयाँ शैक्षिक सत्रबाट अझ व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख द्रोण दाहालको भनाई छ।
५ इटहरी अस्पतालमा उपचार सुरु
मेयरमा निर्वाचित भएपछि हेम कर्ण पौडेलले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताए । २४ सै घण्टा इमरजेन्सी सेवा, १५ बेड मार्फत बिरामीको उपचार सुरु भएको छ । अस्पतालमा सेवा विस्तार भएका छन् । एमबिबिएस डाक्टरहरू नियमित रूपमा अस्पतालमा बस्न थालेको छन् ।
अस्पतालमा अहिले दैनिक रूपमा हाड जोर्नी, महिला तथा स्त्री रोग विशेषज्ञ र बाल रोग विशेषज्ञ डाक्टरले बिरामीको उपचार गर्ने इटहरी अस्पतालका मे।सु गुन्जन त्रितालले जानकारी दिए ।
अहिले अस्पतालमा नियमित रूपमा रगत जाँच, एक्स रे, भिडियो एक्स रे, ई सिजी लगायतका स्वास्थ्य परीक्षण गर्न सकिने सुविधा छ । अहिले स्वास्थ्य परीक्षणका लागि पनि ठुलो सङ्ख्यामा बिरामीहरू अस्पताल पुग्छन् । नियमित रूपमा सुगर जाँच, भिटामिन डी,थाईराईड टेस्ट गर्ने बिरामी इटहरी अस्पताल पुग्छन् । अस्पतालमा भिडभाड व्यवस्थापनका लागि टोकन सिस्टम लागु गरिएको छ ।
६ घर देखि घाट सम्म निः शुल्क शव वाहन सेवा
इटहरी उप महानगरका मेयर हेम कर्ण पौडेलले घर देखी घाट सम्म निःशुल्क शव वाहन सेवा दिने घोषणा गरेका छन् । आर्थिक वर्ष २०७९÷८० मा घर देखी घाट सम्म सरकार कार्यक्रम घोषणा भएसँगै शव वाहन खरिद गरी इटहरी अस्पताललाई हस्तान्तरण गरेको छ । सो शव वाहनले मृत्यु भएका परिवारका घरमा पुगेर शवलाई घाट सम्म पुर्याउने काम गर्दै आएको छ।
७ निःशुल्क एम्बुलेन्स सेवा
इटहरी उप महानगरले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाले २ वटा एम्बुलेन्स खरिद गरी इटहरी अस्पताललाई जिम्मा दिएको छ ।
सो एम्बुलेन्सले अहिले बिरामीहरूलाई अस्पताल सम्म पुर्याएर सेवा दिइरहेको छ । बिरामीको लागि एम्बुलेन्स २४ सै घण्टा तयारी अस्पतालमा रहन्छ ।
८ मुख्य चोकमा पार्किङ निषेध,फुटपाथ व्यवस्थापन
इटहरी उप महानगरपालिकाको मुख्य चौक ३ सय मिटर वरपर पार्किङ निषेधित क्षेत्र घोषणा गरे ।वडाध्यक्ष, नागरिक समाज, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायत यातायात व्यवसायीहरूसँगको छलफलपछि पार्किङ निषेध घोषण गरियो । ७ दिनको समय दिएर नियम कार्यान्वयन गर्ने भनियो ।
सडकमा सवारी पार्क गर्न नपाउने, निर्माण सामाग्री राख्न नपाउने नियमलाई कडाइ साथ पालना गराइयो । नियम कार्यान्वयनमा आएपछि मुख्य चौक सफा देखिन थालेको छ । योसँगै इटहरी उपमहानगरपालिकाले सडकको फुटपाथलाई पनि व्यवस्थित गरेको छ । सडकमा सामाग्री राखेर बिक्री गर्न नपाउने नियमलाई कार्यान्वयन गराइएको छ । साप्ताहिक हटिया पनि व्यवस्थित भएको छ ।
९ पालिका बाटै्र श्रम स्वीकृति
वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृति पालिकाबाटै सुरु भएको छ । गएको असोज महिनाबाट औपचारिक रूपमा श्रम स्वकृति प्रदान गर्न थालियो । असोजमा इटहरीवासी रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै सेवा औपचारिक रूपमा सुरु गरियो । अहिले नियमित रूपमा श्रम स्वीकृति प्रदान भइरहेको उपमहानगरले जनाएको छ ।
१० छ लेन सडक विस्तार
रानी विराटनगर इटहरी धरान किमाथांका व्यापारिक मार्ग अन्तर्गत पर्ने घर सडक आयोजनाले घर भत्काउन नसकेपछि उप महानगरको सहयोगमा घर भत्काइका छन् । घर भत्किएपछि बाटो फराकिलो बनाऊ थालिएको छ ।सडकको क्षेत्राधिकार भित्र परेका घरहरू धमाधम डोजर लगाएर भत्काइएका हुन् । वडा न। ६ का अध्यक्ष दिवस पोख्रेल, ९ का वडा अध्यक्ष जितेन्द्र थापा सहितका जनप्रतिनिधिको समन्वयमा मेयर पौडेलले डोजर चलाए ।
११ अनलाइन घर नक्सा ,निःशुल्क घर डिजाइन
अनलाइन प्रणालीबाट घर नक्साको इजाजत पत्र प्रदान गर्न सुरु गरेपछि अहिले इटहरीमा घर बनाउन सजिलो भएको छ । अघिल्लो वर्षको वैशाख महिनाबाट उपमहानगरले अनलाइन प्रणालीबाट घरको इजाजत प्रदान गर्न थालेको हो । इलेकट्रोनिक बिल्डिङ पर्मिट सिस्टम ९इबीपीएस० सफ्टवेयर मार्फत घर निर्माणको इजाजत पत्र दिन थालिएको हो । इबीपीएस सिस्टमले घर नक्सा शाखामा हुने भिडभाड घटेको छ । कुनै घरधनी फाइल बोकेर फाँट फाँट धाउनुपर्ने पर्दैन । सिस्टममा अपलोड भएको फाइलको काम १५ देखी २० दिन भित्रमा सम्पन्न हुने गरेको छ ।
यस्तै इटहरी उपमहानगरले गतबर्षको साउन देखी १ हजार स्वायर फिट भन्दा साना घरको निःशुल्क नक्सा डिजाइन गर्ने गरेको छ । १५ सय स्वायर फिट भन्दा माथिको भने नगरवासीले तोकिएको शुल्क तिर्नुपर्ने घर नक्सा निर्माण शाखाका प्रमुख आर्टिकल इन्जिनियर अरुण घिमिरे जानकारी दिए ।
१२ पूर्वाधार ल्याब र खाद्य प्रविधि ल्याब
इटहरी उपमहानगर भित्रका कुनै पनि पूर्वाधार निर्माणको काममा गुणस्तरीयता कायम गर्न उपमहानगरले छुट्टै पूर्वाधार ल्याब सञ्चालनमा ल्याएको छ । सबै प्रकारका निर्माण सामग्रीको परीक्षण गर्न आधुनिक औजार उपकरण सहितको भौतिक पूर्वाधार ल्याब सञ्चालनमा आएको शाखाका प्रमुख तथा इन्जिनियर आशिषराज शर्मा खत्वेले जानकारी दिए ।
यो पूर्वाधार ल्याबमा इटहरी उपमहानगरपालिकाले गर्ने भौतिक निर्माण तथा अन्य योजनाहरू सुरु हुनु भन्दा अगाडि निर्माण सामाग्रीको गुणस्तर परीक्षण गरी अनिवार्य गुणस्तर रिपोर्ट लिनुपर्ने व्यवस्था रहेको इन्जिनियर खत्वेले जानकारी दिए ।यस्तै खाद्य वस्तुको परीक्षण गर्न खाद्य ल्याब पनि स्थापना गरिएको छ । विशेष गरी खानेकुरामा हुने मिसावट तथा अखाद्य वस्तुहरूको परीक्षण गर्न ल्याब सुरु गरिएको खाद्य निरीक्षक अनु अर्यालले जानकारी दिइन् ।
१३ सिसिक्यामरा जडान र सुरक्षा
सहरको सुरक्षा सम्बेदनशिलतालाई ध्यानमा राख्दै इटहरी उपमहानगरले सार्वजनिक स्थल तथा मुख्य बजार क्षेत्रमा सिसिक्यामरा जडान गरेको छ । इटहरीको मुख्य हाइवे, मुख्य बजार, चल्तीका व्यस्त बजार,सार्वजनिक स्थल र इटहरी ६का भित्री सडकहरूमा कुल ८० भन्दा बढी सिसिक्यामरा जडान भएका छन् ।
जडान भएका सिस क्यामराको व्यवस्थापन, इलाका प्रहरी कार्यालय, ट्राफिक व्यवस्थापन कार्यालय र वडा नम्बर ६ले गर्ने गरेको छ । यी बाहेक अन्य ठाउँका क्यामराको डिस्प्ले मनिटर नजिकका कुनै सरकारी कार्यालय वा व्यवसायीसँगको सहकार्यमा राखिएको छ । जहाँ २४ सै घण्टा बिजुली तथा इन्टरनेटको सुविधा हुनेछ ।
इटहरी उपमहानगरपालिकाले सिसिटिभी मार्फत मोनिटरिङ गर्न डिजिटल कक्ष स्थापना गरेको छ । उपमहानगरपालिका अन्तर्गत रहेका ९२ कार्यालयमा जोडिएका सिस क्यामराको लिङ्क यो डिजिटल कक्षमा जोडिनेछ । यहीबाट सबै कार्यालयको निरीक्षण तथा अनुगमन गरिनेछ । २० वटा वडा कार्यालय,१० वटा महाशाखा, ४० शाखा,१५ आधारभूत स्वास्थ्य केन्द्र,४ स्वास्थ्य चौकी,२ वटा आयुर्वेद अस्पताल र इटहरी अस्पतालमा सिसिक्यामरा जडानको काम भइरहेको प्रशासन प्रमुख सञ्जीव कुमार खड्काले जानकारी दिए ।
१४ नागरिक सहायकता कक्ष स्थापना
इटहरी उप महानगरले नागरिक सहायता कक्ष स्थापना गरेको छ छ । नागरिकलाई सहज ढंगबाट सेवा दिन नागरिक सहायता कक्ष तयार गरी सञ्चालन गरिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । गएको पुस महिनाबाट नागरिक सहायता कक्षका कर्मचारीले सेवाग्राहीलाई आवश्यक परेको सहयोग गर्दै आएक छन् ।
कक्षमा सेवाग्राहीको निवेदन लेखिदिने,नबुझेको कुरा बुझाइदिने, अशक्त भए फाइल सम्बन्धित शाखामा पु¥याएर काम गरिदिने काम कर्मचारीले गरिदिन्छन् । आएका निवेदनहरूको दर्ता चलानी गर्ने साथै सेवाग्राहीहरूले निःशुल्क फोटोकपी गर्न सक्छन् ।
उपमहानगरले सहायता कक्षमा निःशुल्क चिया कफी खुवाउने व्यवस्था गरेको छ । सेवा लिन पुगेका जो कोही सेवाग्राहीले निःशुल्क कालो चिया तथा कफी खान पाउँछन् । नागरिक सहायता कक्षमा स्तनपनको पनि छुट्टै व्यवस्था गरिएको छ ।
१५ ठेकेदारलाई कालो सूचिमा राख्दै, अधुरा काम पुरा गर्दै
काम नगर्ने निर्माण कम्पनी विरुद्ध इटहरी उपमहानगर एक्सनमा उत्रियो । सडक तथा पूर्वाधार निर्माणका योजनाहरूको काम बिचमै अलपत्र पार्ने निर्माण कम्पनीहरुलाईं कारबाही गर्दै कालोसूचीमा राख्न इटहरी उपमहानगरले स्पष्टीकरण सोध्यो ।
आदिवासी जनजाति रङ्गशाला, इटहरी अस्पताल, स्मार्ट शौचालय लगायतका अन्य १४ योजना अलपत्र पार्ने कम्पनीलाई उपमहानगरले स्पष्टीकरण सोध्यो । पटक पटक सम्पर्क गर्दा तथा सार्वजनिक सूचना जारी गर्दा पनि सम्पर्कमा नआए पछि उपमहानगरले कालो सूचिमा राख्ने प्रक्रिया अगाडि बढाएको हो ।
तोकिएको मितिमा सम्पर्कमा नआउने, स्पष्टीकरण पेस नगर्ने कम्पनीलाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ बमोजिम कालो सूचीमा राख्ने जनायो ।
कालोसूचीमा राख्ने भएपछि धेरै कम्पनीहरू उपमहानगरको सम्पर्कमा आए । धेरैले स्पष्टीकरण पेस गर्दै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए । अहिले रोकिएका धेरै काम सुरु भएको उपमहानगरले जनाएको छ ।
१६ सबै विद्यालयमा एउटै पोसाक
शिक्षालाई प्राथमिकता दिएको इटहरी उपमहानगरले उपमहानगर भित्रका सबै विद्यालयमा एउटै पोसाक लागु गर्ने निर्णय गर्यो । शैक्षिक सत्र २०८१ बाट गाडा निलो कोटपेन्ट र आकाशे निलो रङको सर्ट र छात्राहरूले गाडा निलो रङको फ्रक लगाउनुपर्ने छ । विद्यार्थीहरूले टाई लगाउन पाउने छैनन् । त्यसको सट्टा कालो भादगाउँले टोपी लगाउनुपर्नेछ ।
नगर शिक्षा समितिले निर्णय गरी यो नियम लागु गर्ने जनाएको छ । यो नियम अनुसार अब इटहरीका ३६ सामुदायिक र १३४ निजी गरी १७० विद्यालयका विद्यार्थीले एउटै पोसाक लगाउने छन् ।
१७ आधुनिक बसपार्क निर्माण शिलान्यास
अस्तव्यस्त रहेको बसपार्क अब भने आधुनिक र सुविधा सम्पन्न बन्ने भएको छ । नौ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँको ठेक्कामा अहिले धमाधम निर्माण हुँदै छ । इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर व्यवस्थित बसपार्क बनाउन लागेको हो । एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लो तलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, सभा हल, रेस्टुरेन्ट हुनेछ । बसपार्कमा ढल व्यवस्थापन र ड्रेन सहितको सुविधा हुनेछ।५० वटा बस अट्ने क्षमताको बसपार्क आगामी १८ महिनाभित्र सम्पन्न हुनेछ ।
१८ सुशासनमा सुधार
इटहरी उपमहानगरपालिकाले प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधार गरेको छ । सेवाग्राहीलाई कुनै झन्झट विना छिटो छरितो र सहजढंगबाट सेवा प्रदान गर्न काम थालेको उपमहानगरपालिकाले दाबी गरेको छ । प्रशासन सुधार थालेसँगै सबै महाशाखा, शाखा र वडा कार्यालयमा कर्मचारी भेटिन थालेका छन् । कर्मचारीले १० ः १५ भित्र कार्यालय प्रवेश गरी, इ हाजिरी मेसिनमा थम्पीङ गरिसक्नुपर्छ । बेलुका ५ बजे पुनः थम्पीङ गर्नुपर्छ । छड्के अनुगमन गर्दै असल कर्मचारीलाई सम्मान गर्ने र गलत गर्नेलाई दण्डित गर्ने नीति लिएको छ ।
१९ शैक्षिक गुणस्तर सुधार सङ्कल्प अभियान
शिक्षालाई प्राथमिकतामा राखेका मेयर हेकमर्ण पौडेलले शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरे । शैक्षिक सत्र २०८१ देखी शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे सङ्कल्प पत्र मार्फत काम गर्ने बताए ।
आफ्नो क्षेत्र भित्रका विद्यालयहरूको गुणस्तर सुधारका लागि मेयर पौडेलले सङ्कल्प पत्र कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न यी सङ्कल्प प्रस्तावहरूले आमूल परिवर्तन ल्याउने उनको दाबी छ ।
२० सहकारी सुधार कार्यक्रम
सहकारी संस्थाहरूमा देखिएका समस्या समाधानका लागि इटहरी उपमहानगरपालिकाले सुधारको पहल थालेको छ । स्वयम मेयर हेमकर्ण पौडेल संयोजक रहेको नगर सहकारी समिति मार्फत नीतिगत निर्णय गर्दै सुधारको पहल थालिएको हो । इटहरी उपमहानगरपालिकाले राम्रा सहकारीलाई पुरस्कृत गर्ने र खराब सहकारीलाई कानुन बमोजिम कारबाही गर्न थालेको छ । प्रत्येक वर्ष राम्रो काम गर्ने सहकारीलाई सम्मान गर्ने परम्परा सुरु गरेको छ । अर्को महत्त्वपूर्ण काम भनेको बचतकर्ताको रकम फिर्ता गराउने काम गरेको छ । इटहरीका करिब आधा दर्जन सहकारीका बचतकर्ताले बचत फिर्ताको माग गर्दै उजुरी दिएका
२१ आकाशे पुल र सभा हल ठेक्का
लामो समयदेखि निर्माण हुने भनेर चर्चा गरिने आकाशे पुल र सभा हल निर्माणको ठेक्का लागेको छ । इटहरीको मुख्य चौकको धरान रोडमा र विराटनगर लाइनको गोल्डेन चौकमा आकाशे पुल बन्ने छ । २ वटा पुल निर्माणका लागि उपमहानगरपालिकाले ४ करोड ५१ लाख ६३ हजार ७५२ रुपैयाँमा निर्माणको सम्झौता गरेको इन्जिनियर जीवन घिमिरेले जानकारी दिए इटहरी ५स्थित काव्य वाटिकाको जग्गामा सभा हल निर्माण हुनेछ । एकै पटक ५ सय मानिस अट्ने क्षमता भएको आधुनिक सभा हल निर्माण हुनेछ । १७ हजार ८०३ स्क्वायर फिट क्षेत्रफलमा ३ तलाको आधुनिक शैलीको सभा हल निर्माण हुने इन्जिनियर जीवन घिमिरे जानकारी दिए ।
२२ खोला पैनी सफाइ टेङ्ग्रा कोरिडोर
इटहरीमा बर्षौने बाढीको डुबान र धन जनको क्षतिलाई रोक्ने बिषय मेयर पौडेलको चुनावी एजेन्डा थियो । मेयरको मात्रै होइन चुनावमा इटहरीको डुबान समस्या सवैका चुनावी एजेन्डा र घोषणा पत्रमा समावेश भएका थिए । चुनाव जितेको दुई एक वर्ष पुरा भएपछि इटहरीको डुबान समस्या समाधानका लागि काम थालिएको छ । खोला पैनी मिचिएर बनाएका संरचनाहरू हटाउन थालिएको छ । यो काम पुरा भए एक हदसम्म इटहरीको डुबान समस्या समाधान हुने देखिन्छ ।
छानबिन समितिले निकै मेहनत गरी तयार गरेको प्रतिवेदन कार्यपालिकाबाट पास गर्दै त्यसलाई कार्यान्वयनमा ल्याउने काम मेयर हेमकर्ण पौडेलले गरे । छानबिन समितिले ७४ वटा घर भत्काउनुपर्ने प्रतिवेदन दिएको थियो । पटक पटक सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको मेयर हेमकर्ण पौडेलले बताए ।
टेँग्राखोला सफाइमा डोजर चलेसँगै इटहरी बासीलाई अब भने डुबानमा पर्नुपर्दैन कि भन्ने आशा पलाएको छ ।
२३ निजी विद्यालयहरूको वर्गीकरण र शुल्क निर्धारण
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको अभियान चलाएको इटहरी उप महानगरले निजी विद्यालयलाई पनि व्यवस्थित गर्ने काम सुरु गरेका छन् । पछिल्लो ५ वर्ष देखी हुन नसकेको निजी विद्यालयको श्रेणी करणलाई परिमार्जन गर्ने र सोही आधारमा शुल्क निर्धारण गर्ने मेयर पौडेलले बताएका छन् । विद्यालयहरूको अनुगमन गरी यर्थाथ अवस्थाको मूल्याङ्कन गरी वर्गीकरण गर्ने र सोही आधारमा शुल्क निर्धारण गर्ने महाशाखा प्रमुख द्रोण पौडेलले जानकारी दिए ।निजी विद्यालयहरूले संस्थागत विद्यालय स्तरीकरण फारम भरी उपमहानगरलाई बुझाएका हुन्छन् । यो फारममा विभिन्न ६९ बुँदाका सूचक छन् । विषयगत क्षेत्र र त्यसका उप विषयहरू रहेको ६९ बुँदामा अङ्क निर्धारण गरिएको हुन्छ ।
२४ इटहरीमा विद्युतीय शवदहाग्रृह बन्दै
कोशी प्रदेशमै पहिलो पटक इटहरीमा विद्युतीय दाहसंस्कार स्थल बन्ने भएको छ । मेयर हेमकर्ण पौडेलले अघि सारेको योजनालाई कोशी प्रदेश सरकारले साथ दिए पछि दाहसंस्कार स्थल निर्माण हुने भएको हो ।
करिब ३ करोड ५० लाखको लागतमा यो निर्माण हुनेछ । कोशी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको छ ।