सुनसरी। भारतीय सीमावर्ती बिहार राज्यमा हुन लागेको दोस्रो चरणको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै शनिवारदेखि तीन दिनसम्म नेपाल–भारत सिमानामा आवागमन बन्द रहने भएका छन् ।
यही कार्तिक २५ गते हुन लागेको बिहार विधान सभाको दोस्रो चरणको निर्वाचनलाई मध्य नजर गर्दै शनिवार साँझ ६ बजेदेखि मङ्गलवार साँझ ६ बजेसम्म सिमानामा आवागमन बन्द रहने भएको हो ।
शान्ति सुरक्षा व्यवस्थापनका लागि कार्तिक २२ गते साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म आकस्मिक बाहेक पूर्णतः आवतजावत बन्द रहने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले जानकारी दिए ।
सुरक्षालाई ध्यान दिँदै भारतीय पक्षबाट सीमा नाका बन्द गरिदिन आग्रह भएपछि आगामी ७२ घण्टाको लागि अत्यावश्यक बाहेकका सबै किसिमका आवतजावत बन्द गरिएको श्रेष्ठले जानकारी दिए ।

















