इटहरी । इटहरी उपमहानगरपालिकाको इटहरी भरिका सबै विद्यालयहरूमा एकै प्रकारको ड्रेस लागू गर्ने निर्णय कार्यान्वयनमा निजी विद्यालयहरूले अटेर गरेका छन् । निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सनहरुको निर्देशनमा उप महानगरको निर्णय कार्यान्वयनमा अटेर गरेका हुन् ।
प्याब्सनले उच्च अदालत विराटनगरमा हालेको रिट उपर सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश नहुने आदेश दिएको थियो ।अदालतको आदेस विपरीत निजी विद्यालयहरूले सर्कुलर गर्दै एकै प्रकारको ड्रेस कोड लागू नगर्न विद्यालयहरूलाई परिपत्र गरेका छन् ।
इटहरीका निजी विद्यालयका छाता सङ्गठन हिसान, प्याब्सन, एनप्याब्सन तथा मन्टेश्वरी एसोसिएसन इटहरीद्वारा ड्रेस लागू नगर्न र शिक्षालयबाट प्रस्तावित २०८१ को शुल्क संरचना अनुसार नै लिन सकुर्लर गर्दै स्थानीय सरकारका तर्फबाट कुनै शिक्षालय वा शिक्षालयमाथि कारबाही भए सङ्गठनले जिम्मेवारी लिने उल्लेख गरिएको छ ।
नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ अनुसार बालबालिकाको आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था गरिएको छ । तर, इटहरी क्षेत्रमा निजी विद्यालयले चर्को शुल्क लिने गरेका छन् ।
उपमहानगरले भर्ना शुल्क पनि नलिन निर्देशन लिए पनि निजी स्कुलहरूले भर्ना शुल्क पनि लिइरहेका छन् ।इटहरी क्षेत्रमा १७० वटा विद्यालय रहेका छन् । जसमा ३६ वटा निजी विद्यालय रहेका छन् भने अरू निजी रहेका छन् ।
