विराटनगर । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अधिवेशन सरेको छ ।  विभिन्न कारण देखाउँदै अधिवेशनको मिति सार्ने निर्णय भएको हो । अधिवेशन वैशाख १९ गते विराटनगरमा हुने तय भएको हो ।  यस अघि वैशाख १२ गतेका लागि तय गरिएको अधिवेशनको प्राविधिक कारण देखाउँदै  वैशाख १९ गतेलाई सारिएको हो ।   भोली हुने अधिवेशनको तयारीमा जुट्नु पर्ने पत्रकार महासङ्घ कोशी प्रदेश समितिले एक दिन अघि कार्यसमितिको बैठक राखेर अधिवेशन सार्ने निर्णय गरेको हो । 

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिको मङ्गलवार विराटनगरमा बसेको बैठकले वैशाख १९ गतेलाई अधिवेशन गर्ने मिति तय गरेको हो ।  कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले  अधिवेशन सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोकेको छ । अधिवेशनमा कोशी प्रदेशका एक सय बढी प्रतिनिधि सहभागी हुने महासङ्घले जनाएको छ।