विराटनगर । नेपाली कथानक चलचित्र मनसराको विराटनगरमा प्रीमियर सो हुने भएको छ। आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले चलचित्र मनसराको प्रिमियम सो विराटनगरमा गर्ने जानकारी गराएको हो । आगामी वैशाख २१ गतेदेखि देशभर प्रदर्शनीमा आउने चलचित्र मनसराको २० गते विराटनगरमा प्रीमियर सो गरिने चलचित्रका लेखक तथा  निर्देशक उपेन्द्र सुब्बाले जानकारी दिए ।   चलचित्र कोसी प्रदेशका बिभिन्न स्थानमा छायाङ्कन गरिएकोले  प्रीमियर सो पनि विराटनगरमा नै गर्ने   योजनामा निर्माण पक्ष देखिएको हो । चलचित्रका कार्यकारी निर्माता सिजन दाहालका अनुसार ‘विशेषतः ललितपुरमा जग्गा भाडामा लिएर कृषि पेसा गर्दै आएकाहरूको कथा तथा पाँचथरको यासोकको दृश्यहरू चलचित्रमा समेटिएको  छ ।’