विराटनगर । इलाम २ को मतगणना जारी रहदा फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ मा पुग्दा नेकपा एमालेमा सुहाङ नेम्वाङले अग्रता लिएका छन् । १,२ र ३ नम्बरमा कांग्रेसका डम्बरले लिएको अग्रता रोक्दै सुहाङ अगाडि बढेका हुन् । वडा नम्बर ४ को  गणना सकिदा एमालेको २५४२ मत पाएको छ भने कांग्रेसको २१९७ मत छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत पाएका छन् ।