विराटनगर । इलाममा भएको निर्वाचनलाई नै प्रभावित पार्ने भनेर भनिँदै आएको लारुम्वामा पहिचान पक्षधरहरूका उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई एकलौटी मत गएको छ । इलाम क्षेत्र नम्बर २ को निर्वाचनलाई प्रभाव पार्ने माङ्सेबुङ्ग ३ र ५ लाई  ‘लारुम्वा फ्याक्टर’का रूपमा हेर्ने गरिएको थियो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको माङ्सेवुङ् ५  लारुम्वामा कुटी रहेको छ । कुटी रहेको वडाबाट भने डकेन्द्रलाई एकलौटी मत गएको छ । माङ्सेवुङ्ग ५ को अन्तिम मत परिणाम आउँदा डकेन्द्रलाई १०३२ मत खसेको छ । सो वडाबाट एमालेलाई ६९ मत आएको छ । काङ्ग्रेसलाई भने ४९ मत खसेको छ । 

किराँत धर्मगुरुको प्रभाव क्षेत्र रहेकाले सो क्षेत्रको मत एकै ठाउँमा खस्ने अनुमान गरिँदै आएको थियो । अनुमान अनुसार नै सो वडामा पहिचान पक्षधरका साझा उम्मेदवार थेगिमलाई एकलौटी मत खसेको छ । कुटी रहेको स्थानसँग जोडिएको लारुम्वा ३ लाई पनि लारुम्वा फ्याक्टरका रूपमा हेरिने गरेको छ । सो वडामा भने मत बाँडिएको छ ।

सो  सो वडाको अन्तिम मत परिणाम आउँदा स्वतन्त्र उम्मेदवार थेगिमलाई ६४० मत आएको छ । उनी पछि एमालेका सुहाङ्ग नेम्बाङ्गलाई ५१९ मत आएको छ । यो मत थेगिमको भन्दा ११२ ले मात्रै कम हो । प्रदेशको नाम कोशी राखेपछि पहिचानपक्षधरहरु एमालेसँग रिसाएको र एमाले कार्यकर्ताको मत समेत थेगिमलाई जाने अनुमान गरिएको  थियो।

एमाले उपाध्यक्ष तथा संविधान सभाका सभाध्यक्ष सुभाष चन्द्र नेम्वाङ्गलाई लारुम्वा फ्याक्टरको आशीर्वाद रहेको बताइँदै आएको थियो । यस अघिका निर्वाचनमा किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको सन्देश भन्दै सो क्षेत्रका मतदाताले लिङ्देनले दिएको सन्देश अनुसार मत हाल्ने गरेको दाबी गरिँदै आएको थियो । यो पटक पहिचान पक्षधरका उम्मेदवार थेगिम लामो समय धर्मगुरुको सहयोगीको रूपमा काम गरेकाले अधिकांश मत थेगिमको पक्षमा जाने अनुमान गरिएको थियो ।

थेगिम किराँत धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष भएर काम गरिरहेका छन् । नेम्वाङ्गको मृत्यु भएपछि भएको निर्वाचनमा उनकै कान्छा छोरा सुहाङ्ग उम्मेदवार बनेका छ ।  माङ्सेवुङ्ग ३ बाट  नेपाली काङ्ग्रेसलाई ३१३ मत आएको छ । ७९को निर्वाचनमा माङ्सेवुङ्ग ३ लारुम्वा क्षेत्रबाट धेरै मत गएको बताइन्छ । माङ्सेबुङ्ग ३ बाट रास्वपालाई भने ४२ मत खसेको छ । ७९को निर्वाचनमा सो क्षेत्रबाट डम्बरलाई मत गएको बताइँदै आएको छ ।माङ्सेवुङ्गको सबै वडाको अन्तिम मत परिणाम आएको छ । 

कुन वडामा कसलाई कति मत 

WhatsApp Image 2024-04-29 at 11.10.46 AM