विराटनगर । इलाम २ मा जारी मतगणनामा एमालेले ६६२८ मतले लिड गरेको छ । ५ वटा पालिकाको मत गणना सकिदा इलाममा सुहांग नेम्वांगले २१३८ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका डम्बर खड्काले १४७५२ मत पाएका छन् । १० वटा वडाको मात्रै मत गन्न बाँकी रहँदा तेस्रो स्थानमा भने पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिम रहेका छन् । उनले १०१४६ मत प्राप्त गरेका छन् । रास्वपाका मिलन लिम्बुले भने ३६०३ मत पाएका छन् । 

अहिले इलाम १, ३,४ वडाका मत गणना जारी छ । अव १८ हजार हाराहारी मत गन्न बाँकी रहेको छ ।