विराटनगर । इलाम–२ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका डम्बर बहादुर खड्कालाई ५ हजार ८३० फराकिलो मतान्तरले  पराजित गर्दै निर्वाचित भएका हुन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गरेका छन् । त्यसैगरी डम्बरले २१ हजार ९४२ मत प्राप्त गरे  ।  स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गरेका छन् ।  कुल ६९ हजार ३७४ मत गणना भएकोमा ९०२ मत बदर भएको जनाइएको छ ।