धादिङ । धादिङको थाक्रे गाउँपालिका-५ पुरानडाँडास्थित घट्टेखोलाको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको ज्यान गएको छ।  ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा गएराति आगलागी भएको थियो। आगलागीमा तेजबहादुर र उनकी पत्नी ७० वर्षीया ठूली लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए।

“राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौं। हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा दुवै जनाको मृत्यु भइसकेको थियो,” केसीले भने। आगलागीमा घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ।