इटहरी । आगलागी पीडितलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले राहत सामाग्री वितरण गरेको छ ।  वैशाख २० गते आगलागी हुँदा मोरङको जहदा गाउँपालिका वडा न. ४ की बबिता देवी मण्डलको घर जलेर नष्ट भएको थियो । 
आगलागी पीडित मण्डल सहारा नेपाल साकोस अन्तर्गतको खुश्वु सहारा महिला समूहकी शेयर सदस्य हुन । शेयर सदस्य समेत रहेकी उनलाई संस्थाले राहत सामाग्री हस्तान्तरण गरेको हो । 
सहारा नेपाल सहकारी संस्थाले आगलागी पीडित मण्डललाई ५ हजार बराबरको खाद्यान्न सहित अन्य आवश्यक सामाग्री हस्तान्तरण गरेको हो । 
जहदा गा.पा. वडा नं. ४ का वडा सदस्य श्री शिवराम मुर्मु, सहारा नेपाल साकोस अनुगमन कार्यालय विराटनगरका अनुगमन अधिकृत ओम प्रकाश साह सहितका कर्मचारीको उपस्थितिमा राहत सामाग्री वितरण गरिएको हो । 
आगलागीले घरका सबै सामाग्री जलेर नष्ट भएपछि समस्यामा परेकी मण्डललाई संस्थाले १ थान इन्डक्सन चुलो, ५ लिटरको कुकर, कराई, सस्पेन फ्राई पेन १ सेट सहितका सामान सहित राहत रकम स्वरूप ५ हजार हस्तान्तरण गरिएको सहारा साकोसका कार्यालय प्रमुख जितेन्द्र प्रसाद चौधरीले जानकारी दिए । 
पछिल्लो समय आगलागीका घटना बढेसँगै धेरै धनजनको क्षति हुने गरेको छ ।