विराटनगर । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले  कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन २५ गतेसम्मको समय रहेको बताएका छन्  । संविधानले तोकेको  व्यवस्थासम्म मात्र मुख्यमन्त्रीलाई दलले साथ दिने बताएका तामाङले  आगामी वैशाख २६ गतेदेखि   कोसी प्रदेश नयाँ कोर्समा अघि बढ्ने बताएका हुन्  ।  
विराटनगरमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै तामाङले अहिलेको अवस्थामा  काँग्रेस संसदीय दलले कुनै निर्णय नगरिसकेको अवस्थामा   मुख्यमन्त्रीलाई विश्वासको मत लिने वा नलिने, राजीनामा दिने वा नदिने भन्ने बारेमा स्वविवेकीय निर्णय अधिकार यस अघिको संसदीय दलको बैठकले दिएको उनले बताए ।   ‘संविधानले दिएको बाटोलाई अवलम्बन गरेर जे जे गर्न सकिन्छ गर्ने हो, उनले भने, २५ गतेसम्म विश्वासको मत लिने समय छ, त्यो विषयमा के गर्ने भन्ने बारेमा मुख्यमन्त्री ज्यूले स्वविवेकीय अधिकार प्रयोग गर्नुहुन्छ ।’  नेपाली कांगेस संसदीय दलको बैठक चाँडै बस्ने उनले जानकारी दिए ।
Gopal tamang (2)

नेपाली काँग्रेसको यस अघि बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न दबाब दिएको भए पनि देउवा पक्षीय सांसद र डा. शेखर कोइराला पक्षीय सांसद बिच भनाभन भएको थियो । पछि मात्र सरकारलाई बचाएर जान संविधानले दिएको अधिकारसम्म मात्र सहयोग गर्ने निर्णय गरेको थियो ।