विराटनगर । सिराहाबाट विराटनगर तर्फ आउँदै गरेको यात्रु बस दुर्घटनामा परेको छ। मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ बाँसबारीमा बस दुर्घटनामा हुँदा १७ जना घाइते भएका हुन् ।  को १८प ५०९ नम्बरको मोटरसाइकलले अचानक बाटो काट्न थालेपछि बस दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकलले बाटो काट्ने क्रममा सिराहाबाट विराटनगर तर्फ आउँदै गरेको बा४ ख ७४५० यात्रु बस पल्टिएको इलाका प्रहरी कार्यालय नेमुवाका ट्राफिक प्रहरी सहायक निरीक्षक तुलामणि आचार्यले जानकारी दिए ।  दुर्घटनामा १७ जना घाइते भएको उनको भनाई छ। घाइते मध्ये   मोटरसाइकल चालक सुनसरी देवानगंज बस्ने तलाउद्दिन खान यसको अवस्था गम्भीर रहेको भए पनि अन्य बसमा सवार यात्रुहरू सामान्य घाइते भएका छन् । घाइतेहरू कसैको हात, कसैको खुट्टा र केहीको टाउकोमा सामान्य चोट रहेको प्रहरीले जनाएको छ  । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।