विराटनगर । अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) मोरङको नव गठित कार्य समिति निर्विरोध निर्वाचित भएको छ।  नेकपा एमाले निकट महिला सङ्गठन अनेमसङ्घ मोरङ जिल्ला कमिटीको अध्यक्षमा भिष्मा रेग्मी सहित ५३ सदस्य जिल्ला कमिटी  निर्विरोध निर्वाचित भएको हो । 
शनिवार विराटनगरमा सम्पन्न जिल्ला कमिटीको आठौँ अधिवेशनले रेग्मीको नेतृत्वमा कमिटी नै सर्वसम्मत निर्वाचित भएको हो । पदाधिकारी नै सर्वसम्मत भएपछि सदस्यहरू पनि निर्विरोध निर्वाचित भएको हो ।  

अध्यक्षमा भिष्मा सहित जिल्ला कमिटीको उपाध्यक्षमा उषा ठाकुर र गुणावती धामी सर्वसम्मत चयन भए । त्यस्तै सचिवमा यस रिता न्यौपानेलाई नै कायम गरिएको छ।  उपसचिवमा झुमा पोखरेल र कोषाध्यक्षमा निर्मला राई चयन भएका छन् । अधिवेशनले  ५३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको सचिव न्यौपानेले जानकारी दिइन् ।  अनेमसंघ भित्र पदाधिकारी हेरफेर गर्ने अवस्था आएमा सबै  पदाधिकारीले नै छाड्ने अन्यथा थप एक कार्यकालकोलागि सबै पदाधिकारीहरूलाई नै कायम गरेर जानु पर्ने कमिटी भित्रैबाट कुरा उठेपछि पदाधिकारी सहित सबै सर्वसम्मत चयन भएका हुन् ।