विराटनगर । कोशी प्रदेशका मुख्य महान्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नियुक्त गरेका कोशी प्रदेश मुख्य न्याधिवक्ता रुपेश कोइरालालाई मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले पदमुक्त गरेका हुन् । मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यन्याधिवक्ता बाट कोइरालालाई पदमुक्त गर्न सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसका आधारमा नेपालको संविधानको धारा १६० उप धारा ४ को खण्ड ख बमोजिम पदबाट मुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालय कोशीका सूचना अधिकारी रामकुमार श्रेष्ठले आजैका मितिबाट कोइरालालाई पदमुक्त गरिएको जानकारी दिए ।