विराटनगर । कोशी प्रदेशले मनसुन सम्बन्धी चुनौतिहरुको सम्बोधन गर्न मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजनालाई परिष्कृत तथा कार्यान्वयनमा लैजान विज्ञहरुको सुझाव संकलन गरेको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा आयोजना गरिएको कार्यशालामा सम्भावित विपद्हरु विरुद्ध नागरिकहरुको अभिवृद्धि गर्न र सुरक्षा दिन परिमार्जन गर्नुपर्ने विषयमा सुझाव संकलन गरिएको हो ।
विशेष गरी विपद्को क्षेत्रमा काम गर्ने संस्था र विज्ञहरुसँग कोशी प्रदेशले सामना गरिरहेका विशिष्ट मनसुन सम्बन्धी चुनौतिहरूलाई सम्बोधन गर्न अनुकूलित योजनालाई परिष्कृत र कार्यान्वयन बारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
म्एल्भत ल्भउब,ि नेपाल रेडक्रस सोसाईटी र सहारा नेपालसँगको सहकार्यमा आयोजित कार्यशालामा प्रदेश मन्त्रालयका निकायहरु, जिल््ला प्रशासन प्रमुख, नेपाल रेडक्रस सोसाइटी, संयुक्त राष्ट्र संघका निकायहरु, सुरक्षा निकायहरु लगायत विपद्को क्षेत्रमा काम गर्ने अन्य संस्थाका प्रतिनिधि सहित ७५ जनाको सहभागिता रहेको थियो ।
कार्यशलामा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ को बारेमा जानकारी गराइएको थियो । सहभागीहरुबाट मनसुन सम्बन्धी सम्भावित नयाँ चुनौतिहरु, प्रतिकार्य योजना कार्यन्वयनका लागि सुझाव संकलन गरिएको थियो ।
चुनौतिहरुलाई सामना गर्न स्थानियता र विशेषज्ञताको आधारमा योजनालाई कसरी परिष्कृत र अनुकुल बनाउन सकिन्छ भन्ने बारे सुझाव संकलन गरिएको मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेशका मन्त्री रामबहादुर मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले अध्यक्षता गरेका थिए ।