विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा खुलेकी छन् ।
प्रदेश निर्वाचन कार्यालय पुगेर निर्मलाले नयाँ पार्टी जसपाको पक्षमा सनाखत गरेकी छन् ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको थियो । निर्मला समानुपातिक सांसद हुन् ।
उनी यसअघि पटकपटक मन्त्री बनिसकेकी छन् ।