विराटनगर । कोशी प्रदेश सरकारमा मन्त्रालय बाँड फाँड टुङ्गिएको छ । जसमा एमालेबाट मुख्यमन्त्रीसहित ६ र माओवादीबाट ४ जना मन्त्री परिषद्मा सहभागी हुने भएका हुन् ।मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार एमालेबाट एकराज कार्की, लिलाबल्लब अधिकारी र पिके राई मन्त्री बन्ने छन् । यस्तै सिर्जना राई राज्यमन्त्री बन्ने पक्का भएकी छन् । माओवादीबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री बन्ने पक्का भएको छ । माओवादीकी  वन्दना झाँगडलाई  राज्यमन्त्री बनाउने सहमति भएको छ ।  
यस अघि मुख्यमन्त्री हिक्मत कार्कीले एमालेबाट राम राना मगर र गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका थिए । 
मुख्यमन्त्री कार्यालय श्रोतका  अनुसार एमालेबाट मन्त्री भएको एकराज कार्कीलाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको  छ ।  पिके राई लाई  सामाजिक विकास मन्त्री र लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।  यस अघि नै मन्त्री नियुक्त भएका राम रानालाई भने अर्थीक मामिला तथा  योजना मन्त्रालयको जिम्मेवारी दिने सहमति जुटेको छ । 
माओवादीबाट मन्त्री भएका  गणेश उप्रेतीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, नारायण बुर्जा मगरलाई पर्यटन बन तथा वातावरण मन्त्रालय र राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ । 
एमालेबाट राज्यमन्त्री बन्न लागेकी सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र माओवादीकी वन्दना झाँगडलाई पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।  नवनियुक्त मन्त्रीहरूको शपथग्रहणको लागि बेलुका साढे ४ बजेको समय निर्धारण गरिएको सरकारका प्रवक्ता तथा मन्त्री रामबहादुर मगरले जानकारी दिए ।