काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार संसद्मा विश्वासको मत लिँदैछन् । सरकारले संसद्लाई विश्वासको मत लिने सन्दर्भमा पत्राचार गरेको छ ।
साथै नीति तथा कार्यक्रममाथि छलफल पारित गर्नुपर्ने, जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने भएकाले संसद् सुचारु गर्ने सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्षबिच संवाद अघि बढेको हो । कानुनमन्त्री गिरीले सोमबारको प्रतिनिधि सभा बैठक नियमित हुने बताए ।
सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलबिच सहकारीको अनियमितता छानबिनका सन्दर्भमा संसदीय समिति गठन गर्ने सहमति भइसकेकोले सदन नियमित
कार्यसुचीमा प्रवेश गर्ने उनको भनाई छ। प्रतिनिधि सभामा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको बिषयमा छानविन हुनु पर्ने लगायतको माग राख्दै नेपाली कांग्रेसले सदन अबरुद्ध गर्दै आएको थियो ।