सुनसरी । नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् ।
आठौँ  जिल्ला अधिवेशन अन्तर्गत बुधवार साँझ सम्पन्न अन्तिम मतपरिणामा खनाल ३ सय ८३ मत ल्याएर निर्वाचित भएका हुन । खनालले निकटतम प्रतिद्वन्द्वी खेमराज पोखरेललाई  ९६ मतले पराजित गरेका छन् । पोखरेलले २ सय ८७ मत मात्र ल्याए । उपाध्यक्षमा पर्शुराम यादवले ३ सय ३२ मत ल्याएर विजयी भएका छन् । उनले प्रतिस्पर्धी नन्द बस्नेतललाई ३ मतको झिनो अन्तरले पराजित गरेका छन् । यादवले ३ सय ३२ ल्याउँदा बस्नेतले ३ सय २९ मत ल्याउन सफल भए ।
सचिवमा राम कोइराला विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी पदम लिम्बुलाई  १ सय १७ मतले पछि पार्दै निर्वाचित भएका हुन । कोइरालाले ३ सय ८७ मत ल्याउँदा लिम्बुले २ सय ७० मत मात्र ल्याए । उपसचिव महिलामा इन्द्रकला राई निर्वाचित भएकी छन् । उनले कमला मगरलाई २ सय ४७ मतले पछि पार्दै निर्वाचित भएकी हुन ।
राईले ४ सय ३८ मत ल्याउँदा मगरले १ सय ९१ मत मात्र ल्याइन । उपसचिवमा देवानन्द मेहतालाई  १ सय ८८ मतले पछि पार्दे यामकुमार सुब्बा विजयी भएका छन् । सुब्बाले ३ सय ८५ मत ल्याउँदा मेहेताले १ सय ९७ मत मात्र ल्याउन सके ।