धनकुटा । सहरी विकास तथा भवन निर्माण आयोजनाले धनकुटा नगरपालिकामा नयाँ व्यवसाय सञ्चालन गर्न चाहने युवाका लागि ब्यपारिक भवन र धनकुटा बजारको तल्लो कोप्चेमा ढल निकास व्यवस्थापनको काम अघि बढाएको छ ।
जग्गाको टुंगो नलाग्दा धनकुटा नगरपालिकामा ६० लाख रुपैयाँ लागतमा बन्ने भनिएको नयाँ व्यवसाय सुरुवात गर्न चाहने युवा व्यवसायीका लागि ब्यपारिक भवन निर्माणको काम अघि बढ्न सकेको थिएन ।
यस्तै आयोजना स्थल छनौट नहुँदा धनकुटा बजार क्षेत्रमा ढल व्यवस्थापनको काम पनि रोकिएको समाचार बाहिर आएको थियो ।
ढल व्यवस्थापनका लागि धनकुटा बजारको तल्लो कोप्चेमा सहरी विकास मन्त्रालयबाट प्राप्त ५० लाख रुपैयाँको लागतमा काम भइरहेको छ । यस्तै ब्यपारिक भवन निर्माणको काम पनि अघि बढेको छ । धनकुटा सभा हल निर्माण योजनाको भने बजेट कटौती भएको छ । चालु आर्थिक वर्षमा धनकुटामा सहरी विकास मन्त्रालय मार्फत पूर्वाधार विकासका २६ ओटा आयोजनाको काम भइरहेको छ ।