विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार काकीले अदालतलाई अनुचित प्रभाव पार्ने गरी नेपाली काङ्ग्रेसले कोशी प्रदेश सभा बहिस्कार गरेको आरोप लगाएका छन् । पत्रकारसँग प्रदेश सभामा बोल्दै मुख्यमन्त्री कार्कीले अदालतमा विचराधिन रहेको मुद्दाको बाहान बनाएर प्रदेश सभा बहिस्कार गर्न नहुने बताए । उनले भने काङ्ग्रेस जस्तो पार्टीले गलत ढङ्गले अनुचित प्रभाव पार्न पाइँदैन । काङ्ग्रेस जस्तो पार्टी विधि प्रक्रिया भन्दा बाहिर गएर काम गर्न हुँदैन । यसका लागि म सचेत गराउँछु । उनले काङ्ग्रेस प्रदेश सभामा नआए पनि विधि अनुसार प्रदेश सभा चल्ने बताए । उनले काङ्ग्रेस जस्तो पार्टीले अनैतिक गतिविधि नगर्नेमा विश्वास व्यक्त गरे । 

कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको प्रक्रियामा असहमति जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सो रिटका विषयमा अदालतमा सुनुवाइ चलिरहेको छ । अदालतमा सुनुवाइ चलिरहेको भन्दै नेपाली काङ्ग्रेसले प्रदेश सभा बहिस्कार गर्दै आएको छ । सभा बहिस्कार भए पनि कोशी प्रदेश सरकारले बजेटका नीति तथा सिद्धान्त संसदमा  पेस गरेको छ । 

संसदमा  नीति तथा सिद्धान्त पेस हुँदा  पनि काङ्ग्रेस सभामा आएर छलफलमा नआए पनि विधि अनुसार नीति तथा सिद्धान्त पास गर्ने मुख्यमन्त्री कार्कीले सङ्केत गरेका छन् ।