विराटनगर । कोशी प्रदेश मन्त्री परिषद्को बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने समेत निर्णय भएको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्न २०८१ ज्येष्ठ २१ गते दिउँसो ४ बजेलाई नीति तथा कार्यक्रमको सम्बोधन गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने र सम्बोधन कोलागि व्यवस्था मिलाउन प्रदेश सभा सचिवालयलाई समेत अनुरोध गर्ने निर्णय भएको मन्त्री अधिकारीले जानकारी दिए । बैठकले महालेखा परीक्षकको छैठौँ बार्षिक प्रतिवेदनलाई प्रदेश सभामा पेस गर्न स्वीकृत प्रदान गर्ने समेत निर्णय भएको छ। कोशी प्रदेश मन्त्री
परिषद्को
२०८० फागुन २३ को निर्णयले खेल पूर्वाधार निर्माण तथा स्तरोन्नतीकोलागि सहरी तथा भवन निर्माणलाई बजेट पठाउने भनिएकोमा उक्त निर्णय संशोधन गरी स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरी बजेट कार्यान्वयन गर्ने निर्णय भएको मन्त्री अधिकारीले जानकारी दिए ।

















