विराटनगर । कोशी प्रदेश सभाका  उपसभामुख सिर्जना दनुवारको पहलमा उदयपुरमा हावाहुरीबाट विस्थापित एक परिवारको अस्थायी टहरा निर्माण भएको छ ।  
गत जेष्ठ ६ गते आएको हावा हुरीका कारण त्रियुगा नगरपालिका वडा नम्बर ८ माटेखोलाकी नयनकला भट्टराईको परिवार घर बिहिन भएको थियो । भएको सानो टिनको छानो भएको घर हावाहुरीले उडाएपछि उनी विस्थापित अवस्थामा थिइन् । हावाहुरीले क्षति पुगेपछि त्यहाँ पुगेकी उपसभामुख दनुवारले ५ हजार मर्मतको लागि उपलब्ध गराएकी थिइन् । उपसभामुख दनुवारले सहयोग दिन थालेपछि गाउँका अन्य व्यक्तिले पनि सहयोग थप्दै जाँदा ३० हजार एक छिनमा सङ्कलन भएको थियो । सङ्कलित रकमबाट जस्तापाता खरिद गरिने र  स्थानीयले घरको टाटी बनाइदिने  भएका हुन् । 
upasabhamukh (1)

एक छोरी सहित बस्दै आएकी  भट्टराईको घर हावाले उडाएको दिन उनी माइतमा थिइन् । घर फर्किएर आउँदा सबै उठाएपछि उनी बिचल्लीमा परेकी थिइन् ।   भत्किएको घर निर्माणको काम सुरु भएको छ। सबैको सहयोग हुने हो भनेँ अप्ठ्यारोमा परेको बेला सरकारको मुख ताकिरहनु पर्ने अवस्था नआउने उदाहरण माटे खोलाका बासिन्दाले दिएको उपसभामुख   दनुवारले बताइन् । थोरै थोरै सहयोगले पनि  राम्रो काम हुन सक्ने  उदाहरण  प्रस्तुत गर्न सफल भएकोमा उनले सबैलाई धन्यवाद दिइन् ।