विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा प्रदेश निजामती सेवा ऐनमा सुधार गरी कर्मचारीको मनोबल उच्च बनाइने उल्लेख गरेको छ। कोशी प्रदेश पर्शुराम खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कर्मचारीको उच्च मनोबल बढाउने गरी अघि बढाइने उल्लेख गरिएको छ।
निवृत्ति
भरण कोष र स्थानीय तहका कर्मचारी कोलागि निवृत्ति भरण कोष र उपदानको ब्यवस्था गरिने गरी आगामी आर्थिक वर्षदेखि सुरु गरिने नीति तथा कार्यक्रममा भनिएको छ।
प्रदेश लगानी सम्मेलन आयोजना गरिने, अन्तर्राष्ट्रिय चिया सम्मेलन र लगानी प्राधिकरणको संस्थागत सुदृढीकरण गरिने नीति तथा कार्यक्रममा भनिएको छ।