विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको श्रोतको अनुमान र विश्लेषणको आधारमा मात्र बहु वर्षीय योजना अघि बढाउने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२को नीति तथा कार्यक्रममा प्रदेशको श्रोत साधनको अवस्था विश्लेषण गरी बहुबर्षिय आयोजना छनौट प्रक्रियालालाई प्रभावकारी बनाइने भएको हो । प्रदेशको सन्तुलित विकास कोलागि आयोजनाको पहिचान, विश्लेषण र प्राथमिकीकरण गरी आगामी आर्थिक वर्षदेखि कोशी प्रदेशमा योजना बैङ्क कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेश स्तरीय आयोजनाहरूको अनुगमन र मूल्याङ्कनलाई प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
कोशी प्रदेश सरकारका मन्त्रालय, निकाय तथा सरकारी कार्यालयहरू रहेका संरचना तथा घर जग्गाहरू प्रदेश सरकारको स्वामित्वमा ल्याउन सङ्घीय सरकारसँग पहल थालिने भएको छ।