विराटनगर । कोशी प्रदेश सरकारले  पहाडी सुख्खाग्रस्त क्षेत्रमा बर्षाको पानी पुनर्भरण रिचार्ज पोखरीहरू निर्माण गरी नजिक रहेको पानीको मुहानलाई संरक्षण गर्ने भएको छ ।  पानी समेतलाई पुनर्भरण पोखरीमा प्रवाह गरी दिगो सिँचाइ सेवा पु¥याई कृषि उत्पादन तथा उत्पादकत्वमा टेवा पु¥याईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। कोशी प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८१÷०८२ को नीति  तथा कार्यक्रममा पहाडी क्षेत्रमा सिंचाइ सेवा नपुगेका संभाब्य टार÷बेंशीहरूमा लिफ्ट सिंचाइप्राविधि मार्फत सिंचाइ सुविधा उपलब्ध गराईने उल्लेख छ ।  पहाडी क्षेत्रमा पानीका मुहानहरू संरक्षण तथा उपयोग गरी नयाँ प्रविधिमा आधारित (पोखरी, थोपा तथा स्प्रिङ्ककलर ) सिंचाइ योजनाहरू कार्यान्वयन गरिनेछ। 

तराई, मधेशका संभावित क्षेत्रहरूमा सतह सिंचाइ र भूमिगत सिंचाइको संयोजनात्मक उपयोग गरी वर्षैभरी दिगो र भरपर्दो सिंचाइ सुविधा उपलब्ध गराईने नीति तथा कार्यक्रममा उल्लेख छ । सतह सिंचाइ सेवा उपलब्ध नभएका तराई÷मधेश क्षेत्रमाक्लष्टरको रुपमा भूमिगत सिंचाइ प्रणालीको विकास र विस्तार गरिने उल्लेख  छ।  साना किसान लक्षित “सुख्खा राहत स्यालोट्यूबवेलसिंचाइ विशेष कार्यक्रम” मोरङ, सुनसरी, उदयपुर, झापा र इलाम जिल्लामा नमूना योजनाको रुपमा सञ्चालन गरिने भएको छ। सिंचाइ सुविधा नपुगेको खेतीयोग्य जमिनमा सिंचित क्षेत्र बिस्तार गर्न सतह र भूमिगत जलश्रोतको विकास र विस्तारका लागि विद्युतीकरणको कार्यलाई प्राथमिकता दिइने उल्लेख छ।