विराटनगर । हिरो मोटर साइकलको नेपालकालागि आधिकारिक विक्रेता सिजी मोटर्सले आइसिसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना दिन नेपालका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली  निकालेको  छ । 
नेपाली खेलाडीको हौसला बढाउन मोटरसाइकल र्‍याली  निकालिएको हो । टी–२० विश्वकप क्रिकेट मार्फत विश्वभरि नेपाललाई  चिनाउने खेलाडीलाई हौसला प्रदान गर्न 
विराटनगर काठमाडौँलगायत देशका विभिन्न स्थानहरूमा र्‍याली निकालको हो । 
विराटनगर विक्रेता लक्ष्मी ट्रेडिङ हाउस (प्रा.) लि. ले पनि आज मोटरसाइकल र्‍याली  निकाल्यो ।  मुनालपथस्थित शोरुमबाट निकालिएको शुभकामना र्‍याली  बरगाछी, तीन पैनी, रोड शेष चोकबाट धरान रोड हुँदै पुनः मुनाल पथमै पुगेर सम्पन्न भएको थियो । र्‍याली  सहभागीहरूले खेलाडीको हौसलास्वरुप चियर अप नेपाल लेखेको टिसर्ट लगाई राष्ट्रिय झन्डा बोकेका थिए । र्‍यालीमा  ३० जनाभन्दा बढी राइडर सहभागी थिए । 
सहभागी सबै मोटरसाइकल तथा स्कुटरहरू हिरो ब्रान्डका थिए । मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठुलो कम्पनी हिरोले आर्जन गरेको विश्वास र उत्कृष्टता सबैमाझ परिचित छ । 
हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भइरहेका छन् । नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ ।

WhatsApp Image 2024-06-05 at 9.27.36 AM (2)
WhatsApp Image 2024-06-05 at 9.27.35 AM (1)

WhatsApp Image 2024-06-05 at 9.27.36 AM