IMG_0101–रोहन कु. प्रभाकर

विराटनगर । ''सूर्ती उद्योगको प्रभावबाट बालबालिकालाई जोगाऔँ''विश्व धूम्रपान रहित दिवस २०२ को मूल विषयको रूपमा रहेको छ। हरेक वर्ष मे ३१ मा मनाइने यस दिवसको मुख्य उद्देश्य नै सुर्तीजन्य महामारी र यसबाट हुन जाने मृत्यु र रोगहरूको रोकथाममा विश्वव्यापी ध्यान आकर्षित गर्नु हो। विश्व धूम्रपान रहित दिवसको सिर्जना १९८७मा विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरू द्वारा गरिएको हो। सम्पूर्ण नागरिकहरूलाई सुर्तीजन्य पदार्थको खतरा बारे सचेत गराउन यस दिवसलाई अभियान सामाग्रीको रूपमा बर्सेनी मनाइने गरिएको तथ्य छ।

सुर्तीजन्य पदार्थ भन्नाले धूम्रपान वा सुर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट,बिडी,सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारको अन्य सुर्तीजन्य पदार्थ हो। धूम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको र यसले मानव जीवनको भौतिक,मानसिक, सामाजिक, आर्थिक र सांस्कृतिक सम्पूर्ण क्रियाकलापमा नकारात्मक असर पार्ने भएकोले सो कार्यलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यको नियन्त्रण तथा नियमन गर्ने हितमा यी कार्यहरूलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, र्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन,२०६८ ल्याइएको हो। धेरैजसो प्रभावकारी नियन्त्रण राष्ट्रिय कानुनहरू अन्तर्राष्ट्रिय नीतिहरूमा आधारशील हुने हुँदा, राष्ट्रिय सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन तथा नियमावलीहरू पनि उही विश्वव्यापी सुर्तीजन्य तथा धूम्रपान रहित नीति पुरा निमित्त जोडिएको देखिन्छ।

र्तिजन्य पदार्थ(नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ ले सुर्तीजन्य पदार्थको नियन्त्रण, उत्पादन तथा बिक्री, वितरण, निरीक्षण, अनुसन्धान तथा मुद्दा दायर र उल्लेखित प्रावधानहरूको उल्लङ्घन भएको खण्डमा सजाय तथा पुनरावेदन र विविध गरी परिच्छेद २ देखि परिच्छेद ६ भित्र उल्लेख गरेको छ। प्रस्तुत ऐनको परिच्छेद २ मा सुर्तीजन्य पदार्थको नियन्त्रण सम्बन्धी व्यवस्था छ। सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न नहुने साथै आफ्नै घर तथा निजी सवारी साधन भित्र पनि अन्य व्यक्तिलाई असर हुने गरी धूम्रपान गर्न नहुने प्रावधान बनाइएको छ । त्यसै गरी परिच्छेद ३ ले सुर्तीजन्य पदार्थको उत्पादन तथा बिक्री वितरण क्षेत्रमा प्रकाश पार्दछ।  उत्पादकले सुर्तीजन्य पदार्थमा लेबुल, ट्रेडमार्क,पर्याप्त तथा प्याकिङमा विशेष ध्यान पुराउनुपर्ने र बिक्री वितरण गर्न अघि यस्तो पदार्थमा भएको निकोटिनको मात्रा, हानिकारक तत्त्व लगायत अन्य कुराहरू उल्लेख गर्नुको साथै निकासी पैठारी गर्ने व्यक्तिले हरेक वर्ष  आफूले  गरेको उत्पादन तथा निकासी पैठारीको विवरण मन्त्रालय समक्ष पेस गर्नुपर्ने, उत्पादकले सुर्तीजन्य पदार्थको बट्टामा पर्याप्त, प्याकेट र लेबुलको बाहिरी  कुल भाग मध्ये कम्तीमा ७५% भागमा सुर्तीजन्य पदार्थ हानिकारक छ भन्ने जस्ता ब्यहोराको चेतना  मूलक सन्देश तथा चित्र उल्लेख गर्नुपर्ने साथै यस्तो पदार्थको कुनै प्रकारको विज्ञापन तथा प्रयोजन गर्न नपाइने  प्रावधानहरू उल्लेख गरिएको छ।

यसै ऐनको परिच्छेद ४मा निरीक्षण अनुसन्धान तथा मुद्दा दायर सम्बन्धी प्रावधान व्याख्या गरिएको पाइन्छ। यहाँ कसैले ऐनको प्रावधान विपरीतको काम पुरा गरे वा नगरेको सम्बन्धमा निरीक्षण गर्ने समेतको लागि नेपाल सरकारले अधिकृत कर्मचारीलाई निरीक्षकको रूपमा तोक्न सक्ने र निरीक्षक भई तोकिएको ले वर्षभरिमा आफूद्वारा गरिएको कामको विवरण मन्त्रालय समक्ष पेस गर्नु पर्ने छ।  यस बाहेक व्यवस्थापक आफैले आफूसँग सम्बन्धित सार्वजनिक स्थलमा यस्तो कार्य गरेको वा नगरेको सम्बन्धमा समय समयमा निरीक्षण गर्नुपर्ने र उजुरी आई परेको खण्डमा निरीक्षकले अनुसन्धान तथा तहकिकात समेत गर्नुपर्ने  र त्यस पश्चात् मुद्दा चलाउने देखिएमा निरीक्षकले  त्यसरी अनुसन्धान सकिएको २५ दिन भित्र मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नु पर्ने कुरा यहाँ उल्लेखित छ। अन्ततः यस ऐनको मुख्य उद्देश्य पनि विश्व धूम्रपान रहित दिवसको झैँ धूम्रपान तथा सुर्तीजन्य वस्तुको सेवन र गैर कानुनी वितरणमा रोक लगाई पूर्ण रूपमा व्यक्तिको निकोटिन प्रयोगलाई नियन्त्रण गर्नु हो।

त्यसै गरी हालको विश्वव्यापी कोभिड-१९ महामारीको बखत, अन्वेषकहरूले धूम्रपान तथा सुर्तीजन्य र प्रतिकुल कोभिड १९ रोगको नतिजा सम्बन्धमा ध्यानाकर्षण गर्दै धूम्रपान गर्नेहरूलाई त्याग्न जोड दिएको छन् । यु एस सर्जन जनरलको रिपोर्टले देखाएको प्रमाणले सिगरेट धूम्रपानले प्रतिरक्षा प्रणालीलाई दमन गर्ने, श्वासप्रश्वासको सङ्क्रमण जोखिम बढाउने जस्तै पुरानो अवरोधक फुफ्फुसिय रोग ,दम ,हृदय र फोक्सोको रोग लाग्न सक्ने हुँदा सिगरेट धूम्रपान गर्ने मानिसहरूको लागि कोरोना भाइरस अझ बढी खतरनाक र अन्य प्रकारका  भाइरसका लागि पनि गम्भीर क्लिनिकल परिणामहरू सँग सम्बन्धी भएको कुरा देखाएको छ। धूम्रपान निवारणको व्यापक हस्तक्षेप तम्बाकुका प्रयोगलाई काम गर्ने आवश्यकतालाई नै जाने  वैज्ञानिक प्रमाणहरू भएकोले धूम्रपान नियन्त्रण सम्बन्धीWHO फ्रेम वर्क सम्मेलनले पार्टीहरूलाई तम्बाकु प्रयोगकर्ताहरूका लागि जागरूकता र समाप्ति सेवा बढाउन आह्वान गर्दछ। तसर्थ हालको विश्वव्यापी महामारी र धूम्रपान तथा सुर्ती सेवनको प्रतिक्रिया मा रोगको गम्भीरता बढ्ने हुँदा देशहरूले सुर्तीजन्य उत्पादन बिक्रीमा प्रतिबन्ध लगाउने वा सुर्तीजन्यको प्रयोगलाई कम गर्नका लागि उपायहरू पहिल्याउने हुँदा सुर्तीजन्य पदार्थ तथा धूम्रपान को सम्भावनालाई बढाएर भाइरस सार्ने सम्भावना वृद्धि हुने (जस्तै: श्वास प्रश्वासको थोपा छोड्दा, श्वास फुक्दै साझा पानीको पाइप प्रयोग गर्दाको मुखका टुक्राहरू आदि) कुरामा रोक लगाउने प्रबन्ध गरिँदै छ। उदाहरणको लागि, भारतमा सन् २०२०को अप्रिलमा देशले तम्बाकु उत्पादनहरूको बिक्रीमा प्रतिबन्ध लगाएको थियो र कोभिड १९ को प्रसारलाई रोक्न सार्वजनिक रूपमा धूम्रपान नगरि सुर्तीजन्य पदार्थको उपभोग गर्नबाट अलग रहनुपरेको कुरा हामीमा अवगत नै छ। त्यसै गरि दक्षिण अफ्रिकाले पनि सुर्तीजन्य उत्पादनहरूको बिक्रीमा वितरणमा प्रतिबन्ध लगाएको छ। तसर्थ वर्तमान कोभिड १९ महामारीले तम्बाकु प्रयोगकर्तालाई प्रमाण आधारित, बृहत् सुर्तीजन्य उपवास सेवाहरू प्रदान गर्ने र सुर्तीजन्य नियन्त्रण नीतिहरूलाई सुदृढ पार्न अभूतपूर्व अवसर प्रस्तुत गर्दछ। 

अन्ततः यी सबै कार्यहरू अस्थायी भए पनि सुर्तीजन्य नियन्त्रण कार्यक्रमहरू र नीतिहरूलाई सुदृढ बनाएर विश्वव्यापी लाखौँ मानिसहरूलाई सुर्तीजन्यको सेवन र दोस्रो हाते धुवाँबाट जोगाउन र विश्वव्यापी सुर्तीजन्य बोझ कम गर्ने अवसर प्रस्तुत गर्दछ।

सबैमा विश्व धूम्रपान रहित दिवसको २०२४ को हार्दिक शुभकामना।

''सफलतापूर्वक सुर्तीजन्य प्रयोग छोड्नुस् र सुर्तीजन्य मुक्त संसारतर्फको प्रगतिलाई गति दिनुहोस् ।''