सुनसरी । जंगली हात्तीको आक्रमणमा परी सप्तरीमा एक किसानको मृत्यु भएको छ । । शनिबार बिहान कञ्चनरूप नगरपालिका–१२, धरमपुरका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घरदेखि करिब ५०० मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको स्थानियहरुले बताएका छन् । 

जंगली जनावर बँदेल लगायतबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने गरेका थिए । कहिलेकाहीँ उनी खेतमा बनाइएको टौवामा सुत्ने गरेको स्थानियको भनाई छ । 

आज विहान हात्तीको आक्रमणमा परी मृत्यु भएको देखेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।