सुनसरी । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारमा भएका दलहरूले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । विराटनगरमा नेपाली काँग्रेस मोरङले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुँदै थापाले गृह मन्त्रालयले प्रहरी प्रशासनलाई आफ्नो पार्टीको भातृ संस्था जस्तो बनाएको बताए ।
यसै गरी प्रधानमन्त्री र अरू नेकपा एमाले लगायतका गठबन्धन दलहरूले अड्डा, अदालत, अख्तियार लगायतका संवैधानिक निकायलाई प्रभावित पार्ने काम गरेको स्पष्ट पारे  सरकारका विरुद्धमा  बोलेमा संसद भित्र त्यसको चरित्र हत्या गर्ने, संसद  बाहिर आएर बोल्नेहरूलाई धरपकड गर्ने, विभिन्न बहानामा विभिन्न माध्यमबाट नियन्त्रण गरी भयको वातावरण सिर्जना गरेकोले त्यसालाई चिर्ने काम कांग्रसले गर्ने उनको भनाई छ ।
नेपाली काँग्रेस २०८४ सालसम्म इमानदार पूर्वक प्रतिपक्षको भूमिकामा रहने भन्दै संविधान कार्यान्वयनसँग जोडिएका विषय, शान्ति प्रक्रिया सँग जोडिएका विषय, राष्ट्रिय महत्वका विषयहरूमा सबै दलहरूसँग एक ठाउँमा बसेर सहकार्य गर्ने पनि उनको भनाई थियो । संविधानलाई पुनरावलोकन, निर्वाचन प्रणालीमा फेरबदल गर्नुपर्ने विषयमा एमाले, माओवादी र अन्य दलसँग संवाद गर्दे अगाडि बढ्ने थापाले प्रस्ट पारे ।