सुनसरी । आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । खेल नहुँदा दुवै टोलीले १-१ अंक बाँडेका छन् ।
आफ्नो दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धाका लागि तम्तयार रहेको नेपाली टोली र समर्थकहरु सेन्ट्रल ब्रोवार्ड रंगशाला पानी पर्न कहिले रोकिएला र खेल सुरु होला भन्ने पर्खाइमा थिए । तर, अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति साढे ७ बजे (नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे) खेल हुनुपर्ने भए पनि वर्षाका कारण १ घण्टा ढिलासम्म खेलका लागि टससमेत हुन सकेको थिए ।
सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो । बिहानदेखि सुरु भएको वर्षा नरोकिएपछि आईसीसीले खेल रद्द गरेको हो । अमेरिकाका अन्य राज्यबाट समेत फ्लोरिडा आएका दर्शक खेल हेर्न नपाएर निरस भएर फर्किएका छन् ।
समूह ‘डी’ मा पहिलो जितको खोजीमा रहेका दुवै टोलीले खेल रद्द हुँदा १-१ अंक पाएका छन् ।