विराटनगर । झापाको शिव सताक्षी नगरपालिका वडा नम्बर ३ मा दुई जना छोरालाई विष खुवाएर आमाले झुन्डिएर आत्महत्या गरेकी छन् । शिवसताक्षी ३ की अञ्जली बेस्राले दुई छोरालाई विष खुवाएर घरमै  झुन्डिएर आत्महत्या गरेकी हुन् । विष खाएका २ बर्सिया छोरा र ८ वर्षीय छोराको पनि मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका  प्रहरी निरीक्षक  अनीश बुढाथोकीले ८ वर्षीय विशाल बेस्रा र २ बर्षीया  आयुस बेस्राको  मृत्यु भएको बताए । घटनाको बिषयमा  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।