विराटनगर । एमाले विराटनगर महानगर पालिकाकाका अध्यक्ष सागर थापा सहित ३ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको छ ।  एमाले जिल्ला कमिटीले महानगरका उप सचिव नवराज नेपाल र महानगर वडा नम्बर ३ पार्टीका अध्यक्ष लालमणि भट्टराईलाई आज पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरिएको छ । यस्तै पार्टी कमिटी पदबाट निष्कासन  गर्ने गरिको कारबाही गरिएको एमाले श्रोतले जनाको छ ।   
विराटनगरमा रहेको मान गढ खानेपानीको निर्वाचनको विषयलाई लिएर महानगरका अध्यक्ष र उप सचिव सहित ३ जनालाई कारबाही गरिएको एमालेले जनाएको छ । विराटनगरमा रहेको मान गढ खानेपानी उपभोक्ता समितिको निर्वाचनमा एमालेले राम घिमिरेलाई उम्मेदवार बनाएको थियो । पार्टीको निर्णय विपरीत संस्थाको अध्यक्षमा उम्मेदवारी दिएका थिए । उनको समर्थनमा महानगरका अध्यक्ष सागर थापा सहित नवराज नेपालले सहयोग गरेको थिए । 
पार्टी निर्णय विपरीत उम्मेदवार दिएपछि शान्ति लिम्बुको संयोजकत्वमा रविन थापा र काजीबहादुर बस्नेत सदस्य रहेन गरी छानबिन र कारवाहीका लागि कार्यदल बनाएको थियो । सो कार्यदलका सिफारिसका आधारमा तीन जनामाथि कारबाही भएको एमालेले जनाएको छ ।  यसै गरी मुकेश बुढाथोकी सहित ३ जनालाई २४ घण्टा भित्र स्पष्टीकरण सोधिएको छ ।