विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका सबै बासिन्दासम्म स्वास्थ्य सेवा पुर्‍याउन घुम्ती बस सेवा सुरु गर्ने भएको छ । घुम्ती बस सेवामा  विशेषज्ञ सेवा सहितको  स्वास्थ्य सेवा उपलब्ध हुने छन् ।
घुम्ती बस सेवामा आर्युवेदीक र होमिपेथिक सेवा पाइने छ । यसका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि  २ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न बजेट विनियोजन गरेको बताए । उनले स्वास्थ्य क्षेत्रका लागि ३ अर्व ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।