विराटनगर । विराटनगर महानगर पालिका ३ पृथ्वी टोलमा रहेको पवित्र पृथ्वी समाजले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ। पवित्र पृथ्वी समाजको आयोजना र हिमालयन डिस्टिलरी प्रा.लि. जावलाखेल ललितपुरको सहयोगमा आयोजित कार्यक्रममा फरक क्षमता भएका महानुभावहरुलाई आवश्यक सामाग्री वितरण गरिएको हो । समाजले इलेक्ट्रिक ह्वील चियर, ह्वील चियर र आईसी बेड, इलेक्ट्रिक एयर म्याट्रेस तथा डाइपरहरू वितरण गरिएको समाजका अध्यक्ष शरद पराजुलीले जानकारी दिए ।
यसरी सहयोग प्राप्त गर्ने फरक क्षमताका व्यक्तिहरूमा विराटनगर ३ का हिरा चापागाईँ, अर्जुन पराजुली, विनोद काफ्ले, सञ्जीव आचार्य, बुढीगंगा १ का तोर्ण अधिकारी, विराटनगर ३ का रामबहादुर मगर, र लाला राजवंशी रहेका छन् । उनीहरूको शारीरिक अवस्थालाई मध्यनजर राखेर यो सहयोग उपलब्ध गराईएको उनको भनाई छ । अन्य २५ जना जेष्ठ नागरिकलाई लौरो हस्तान्तरण गरिएको छ ।
सोही अवसरमा हिमालयन डिस्टिलरी प्रा.लि. जावलाखेल ललितपुरका तर्फबाट निशा निरौलाले
समाजका
अध्यक्ष पराजुलीलाई ७ लाख सहयोगका चेक हस्तान्तरण गरिन् । कार्यक्रममा बोल्दै पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले समुदायको सक्रियतामा भएको कार्यक्रम निक्कै प्रभावकारी रूपमा पवित्र पृथ्वी समाजले काम गर्दै आएको बताए । सरकारको मात्रै मुख ताक्न भन्दा पनि समुदायबाट समुदायकै लागि काम गर्न सकिने रहेछ भन्नेमा उनले खुलेरै प्रशंसा गरे ।
जसरी नाम पवित्र राखिएको छ त्यसै गरि संस्थाले काम गरेको घिमिरेले बताए । विराटनगर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष वासु बहादुर बस्नेतले आगामी आर्थिक वर्षमा एक लाख सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा अर्थशास्त्री तथा समाजसेवी डा भेषप्रसाद धमलाले संस्थाले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा यस्ता कार्यक्रम गर्दा समुदायले विश्वास गर्ने बताए ।