विराटनगर  । १० औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विराटनगर–११ स्थित ज्येष्ठ नागरिक योग साधना केन्द्रले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर ११ को सहयोगमा आयोजित कार्यक्रममा योग प्रशिक्षक शोभा कोइरालाले ज्येष्ठ नागरिकहरूलाई एक घण्टा योगाभ्यास गराउनुभयो । त्यस्तै विगतमा विभिन्न रोगबाट पीडित भए व्यक्तिहरूले योग गरेपछि निको भएको भन्दै स्वस्थ जीवनका लागि योग अपरिहार्य भएको बताएका थिए । 
कार्यक्रममा राम कोइराला, श्याम मेहताले नियमित योग गरेकै कारण आफूहरू रोग लागेर पनि पूर्ण निको भएको बताए ।    विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपानेले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको बताए । उनले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पु¥याउने दाबी गर्नुभयो । स्वस्थ रहन योग अति नै जरुरी रहेको उनको भनाई थियो । 
कार्यक्रममा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा, ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष अर्जुन भट्टराई, सञ्चारकर्मी माधव अधिकारीलगायतले योगको महत्वका विषयमा चर्चा गरे ।  कार्यक्रममा सञ्चारकर्मी कमला कँडेल र कृष्ण कँडेलले ज्येष्ठ नागरिक भवनका लागि १६ हजार ५ रुपैयाँ प्रदान गरे ।