विराटनगर । विराटनगरका धेरै ठाउँ जलमग्न भएको छ। बिहानै देखि परेको अविरल वर्षाको कारण विराटनगरका सबै क्षेत्र डुबानमा परेका हुन् । लगातारको वर्षाको कारण मोरङका धेरै ठाउँ जलमग्न भएको प्रहरीले जनाएको छ। लगातार पानी परिरहेको कारण अझै बिवरण आई नसकेको र आउने क्रम सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार विराटनगरका केही बस्तीहरू डुबानमा परेका छन् ।







