विराटनगर ।  कोशी प्रदेश लेखा समूहका कर्मचारीहरु काममा फर्किएका छ ।  लामो समयदेखि आन्दोलनमा उत्रिएका कोशी प्रदेश सरकार मातहतका लेखा समूहका कर्मचारीहरू सरकारले माग सम्बोधन गर्न गम्भीर रहेको भन्ने आशयको पत्र सार्वजनिक गरेपछि काममा फर्किएका  हुन् । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा कानुन मन्त्री रामबहादुर मगरले लेखा समूहका कर्मचारीलाई काममा फर्किन आग्रह गरेसँगै कर्मचारीहरू काममा फर्किएका हुन्  ।  मागहरू पुरा नभए पनि सरकारले मागको विषयमा गम्भीर रहेको र मागलाई सम्बोधन गर्ने प्रतिबद्धता आएकोले तत्काललाई काममा फर्किएको आन्दोलनरत लेखा अधिकृत भेला  नेपालले जानकारी दिए । 
‘सरकार हाम्रो माग प्रति गम्भीर भएको छ, उनले भने, हामी पनि नागरिकको काम प्रति जिम्मेवार रहेकोले तत्काललाई आन्दोलन असार २० गतेसम्मलाई स्थगित मात्र भएको हो,  माग सम्बोधन नहुँदासम्म  आन्दोलन जारी रहनेछ ।’  
आर्थिक मामिला तथा योजना मन्त्री मगरले एक अपिल जारी गर्दै प्रदेश निजामती सेवाको लेखा समूह लगायत सबै समूह र तहमा कार्यरत कर्मचारीहरूले  समान वृत्ति विकासको अवसरका लागि गरिरहेको दबाबमूलक कार्यक्रमको विषयमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले कर्मचारीहरूको सेवा सुविधा र वृत्ति विकासमा समानता हुनु पर्दछ भन्नेमा प्रदेश सरकार स्पष्ट रहेको भनिएको छ। 
afa9da06-79c9-4ba1-83a8-a58acd9345f8
प्रदेश सरकारले कर्मचारीको न्यायोचित मागहरूको सम्बोधन गर्न आवश्यक प्रक्रिया अगाडी बढाएको परिस्थितिमा दबाबमूलक कार्यक्रममा सहभागी सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई काममा फर्की सार्वजनिक सेवा प्रवाहमा संलग्न हुन मन्त्री मगरले अपिल गरेका थिए । 
विगत ६ महिनादेखि समान वृत्ति विकासको सुनिश्चितताको लागि प्रशासनिक तथा राजनीतिक नेतृत्वलाई बारम्बार  अनुरोध गर्दै आएका लेखा समूहका कर्मचारीको मागलाई सुनुवाइ नभएपछि कर्मचारीहरू असार ५ गते देखि आर्थिक मामिला तथा योजना मन्त्रालयमा धर्नामा बस्दै आएका थिए । लेखा समूहका कर्मचारीले सरकारको तर्फबाट असार १३ गते जारी भएको अपिल सकारात्मक रहेकोले तत्काललाई  आन्दोलन स्थगित गरिएको बताएका छन् ।  
4144771b-ad44-4eec-8916-2b36bf9449ad
लेखा समुहका कर्मचारीको आन्दोलनका कारण  पछिल्लो ९ दिनमा  करिब ४ अर्व खर्च भएपनि भुक्तानी करिब शुन्य थियो ।