उदयपुर । उदयपुरका चार स्थानमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।  कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेटवर्क मिडिया प्रा.लि. विराटनगरले उदयपुर जिल्लाका बिभिन्न ४ ठाउँमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको हो । चौदण्डी गढी नगरपालिकाको बेल्टारसहित त्रियुगा नगरपालिकाको गाईघाटका दुई ठाउँमा र राजाबासमा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।   पछिल्लो समय सडक दुर्घटना बढ्दै जान थालेपछि कोशी प्रदेश सरकारले उदयपुरलाई लक्षित गरि सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।  बिशेषगरि विद्यालय, बालबालिका, अभिभावक, सरोकार राख्ने निकायहरू सहितको सहभागी कार्यक्रमबाट ४ सय बढीमा सचेतना पुगेको आयोजक नेटवर्क मिडिया प्रा.लि.का प्रबन्धक सञ्चालक सुमन सुस्केराले जानकारी दिए ।
traffic sachetana
सचेतना कार्यक्रममा प्रदेश ट्राफिकका प्रहरी नायव निरीक्षक नारदप्रसाद दहालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रशिक्षणसँगै सहभागीहरूसँग अन्तरक्रिया समेत गरिएको प्रहरी नायव निरीक्षक दहालले बताए । 
d7b6ec4c-9887-4532-af59-9905a7ef9a98