विराटनगर । रातीबाट अविरल रूपमा परेको पानीका कारण सुनसरी र मोरङका धेरै जसो स्थान जलमग्न भएका छन् । सुनसरीको चतरा,धरान इटहरी मोरङको केराबारी लेटाङ सुन्दर हरैचामा भारी  वर्ष भइरहेको छ । ती क्षेत्रमा लगातार भारी बर्षा हुँदा ती क्षेत्रबाट बहने खोलाहरुमा  पानीको सतह खतरा भन्दा माथि पुगेको छ ।
सुनसरीको सेउती,सर्दु , टेङ्ग्रा र बुढी खोलामा ठुलो बाढी आएको छ । यस्तै मोरङको चिसांग, लोहान्द्रा केसलीयामा पनि बाढी आएको छ । टेङ्ग्रा खोलामा आएको बाढीका कारण धरान विराटनगर सडक खण्डका ठाउँ ठाउँमा पानी सडकबाटै बगेको छ । बाढीका कारण कोरिडोरका अधिकांश उद्योगहरूमा पानी पसेको छ ।
बाढीका कारण केही उद्योग समेत बन्द भएका छन् । पानी पसेका कारण उद्योगहरूको काम समेत प्रभावित भएको छ । भारी बर्षा भइरहेकाले पानीको सतह अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

449012667_779716857575936_1197316339925513186_n

448730898_746366244143034_8067110026466700313_n