विराटनगर । बैङ्किङ कसुर मुद्दाका फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान प्रहरी चौकी मानेभञ्ज्याङ, सङ्खुवासभाबाट खटिएको प्रहरी टोलीले सङ्खुवासभा खाँदबारी नगरपालिका वडा नं. ४ सेकाहा बस्ने वर्ष ५४ को लक्ष्मण राईलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटामा बैङ्किङ कसुरमा १६ लाख ५० हजारको मुद्दा रहेकोमा उनी फरार रहेका प्रहरीले जनाएको छ। पक्राउ परेका राईलाई थप अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धनकुटालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय संखवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।